Friday, December 2, 2016

गजल,

लुकी लुकी नजर उतै लगाउनु को मज्जा
बेग्लै हुन्छ जिस्क्याउदै फकाउनुको मज्जा

एक अर्काको नाम लेख्दै हिड्यौ ढुंगा भरि
त्यहि बसेर आउथ्यो जुठो चखाउनुको मज्जा

कैयौ पटक भरे सिन्दुर बालुवामा खेल्दा
बेहुली बनि रुदा हुन्थ्यो हँसाउनुको मज्जा

हाम्रो माया साँची राख्न कैयौ पटक जादा
आनन्द ले लिन्थ्यौ मन्दिर धाउनुको मज्जा
#रामकृष्ण अनायास


गिति गजल 
तिमि गयौ पराईको डोली चढेर
 सिरमा रातो सिंदुरले सिउँदो भरेर 

जादा कस्ति भैछौ भनि हेर्छु भन्दा खेरि
 घुम्टोले मुख छोपि हिड्यौ पारि तरेर 

तड्पिएरै बसेकोछु तिमि गए देखि 
मनाएकी हौलि सुहाग सँगै बसेर

Thursday, December 1, 2016

गजल

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बा लाइ कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन, आमाको मन कहिल्यै फेरिएन ।

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफु भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा बा को ममता कहिल्यै देखिएन ।

सधैं सपना बन्यौ हामि त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशि खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन ।

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दा सम्म
बा कै उमेरमा आउदा थाहा भो,बिचमा उठेर कहिल्यै हेरिएन ।

@ रामकृष्ण अनायास

गजल

भँवरा हरू बाटै फुलको जवानी लुटिन्छ
जल्दाजल्दै लाशको घाटबाटै खरानि लुटिन्छ

मेला गएकि आमा घर कहिल्यै नफर्के पछि
त्यो बालकको सुत्ने काख अनि शिरानि लुटिन्छ

परदेसिएको बावु पनि बाकसमा अचानक आउदा
बिचरा आफ्नो बावु आमाको निशानि मेटिन्छ

आफ्नै प्रेमिका सँग पिर व्यथा पोख्दा यहाँ
विहानि नहुदै दु:खको कहानि लुटिन्छ

@ रामकृष्ण अनायास

गजल

डाउछ कि त मेरै घरको धुरी डर छ मन भित्र
किन यसरी चलिरहेछ हुरी डर छ मन भित्र

मलाई ज्युदो लास बनाउनेकै माया मुटुमा
किन छ यसरी मुरी का मुरी डर छ मनभित्र

अब कहिल्यै नभेट्ने भनेर छुट्टिएका हरुलाइ
भेट्न कस्तो आतुरी डर छ मनभित्र

किन फ्यालिन जन्माएर आमाले मलाई नालिमा
कतै ठुलै थियो कि त मजबुरी डर छ मन भित्र


अचेल म बच्चाहरु रोएको आवाज सुन्दिन
साच्चै भएकी त निष्ठुरी डर छ मन भित्र।


@मुक्तक 
बितेका कुरा याद आउँछ ऎना हेर्यो भने
तब मात्र पूरा याद आउँछ ऎना हेर्यो भने।

खाली मात्र मेरो सिउदो बाकी थियो तिम्ले भर्न
सपना अधुरा याद आउँछ ऎना हेर्यो भने।

#नयन

Sunday, November 20, 2016

" नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।

मोहन रेग्मी सर,
 हुन त हजुरको बारेमा म ब्यतिगत रुपमा त्यति जानकार छैन।केहिदिन यता सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा आइरहेको खबरहरु ......र कान्तिपुर टि भि को निकै चर्चित कार्यक्रम "सुमन संग" अन्तर्वार्ता मा हजुरको श्रीमती संग पत्रकार "सुमन खरेल" संग गरिएको कुराकानिको आधारमा केही लेख्न बाध्य भए । हाम्रो समाजमा " नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।कहि कतै हजुर पनि कंचन रेग्मी बाट पिडित हुनुभयो होला उहाका नराम्रा बानी र नराम्रा शब्दहरुले हजुरको मुटुलाइ पनि अस्थिर पारिदिए होला।हजुर को मान , इज्जत , प्रतिस्ठालाई धमिलाइ दियो होला।हजुरको ह्र्दयलाइ छिया छिया परिदियो होला।हजुरले आफुलाइ समाल्नै गाह्रो भो होला।तर.....त्यस्को बिकल्प एउटा महिलालाइ सडकमै छाडिदिनु,उस्को जिम्मेवारी नउठाइ टाढा भाग्नु,उस्को जिन्दगी लाई एक्लो बनाइदिनु मात्र थिएन होला नि???उहाको उपचार हुन सक्थो ।उहालाइ दुव्र्यसन बाट छुटाउने प्रयास हजुरबाट हुन सक्थो।त्यस्मा हजुरको पहुच पनि थियो।उहाँ संगै बस्न सकिने बाताबरण थिएन भने उहालाइ छुट्टै ठाउमा राख्ने ब्यवस्थापन गर्न सकिन्थो नि।सामाजिक संजालहरुमा यो खबर पनि आइ रहेको छ कि।कन्चन संग हजुरको छोडपत्र भैसकेको हो।र कंचनले आफ्नो अधिकार पनि पाइसकेकी हुन।सर हजुरलाइ एउटा प्रश्न छ सम्मानित अदालत ले हजुरको वैवाहित सम्बन्धलाइ बिच्छेद गरायो।तर सन्तान संगको आमाको सम्बन्ध लाई कुनैपनी देशको कानुन र अदालत ले बिच्छेद गराउन सक्दैन।एउटा आमालाइ आफ्ना सन्तानहरु बाट टाढा राख्ने भुल हजुर बाट भएकै हो।कमलको फुल हिलोमै फुलेको हुन्छ।हजुरका ती दुई सन्तानपनी तिनै हिलोमा फुलेको कमलको फुल हुन् ।कमललाइ अपनाउनेले हिलोलाइ यसरी बहिष्कार गर्न मिल्ला र सर???आमा जस्ती नै हुन आमा त आमा नै हुन्छन् ।आफ्नो सन्तान हरु आफ्नो मुटुबाट टाढा हुदा कुन आमाको मुटुको तार नचुडिएला र सर????हुन त सबै आमाहरुलाइ एउटै तराजुमा राखेर मुल्यांकन गर्न नमिल्ला तर आमाको ममता लाई त कुनै शब्द मुल्यांकन गर्न सर??? म एकछिन अन्तर्वार्ता तिर फर्किए।म पनि एउटा सर्जक हु।कंचन शर्माले आदरणीय रबि प्रान्जल दाजुको गजल लाई आफ्नो भनेर बाचन गरिरहदा मेरो मुटु चस्स दुखिरहेको थियो।अनि उहाले यो रचना बाचन अगि गरेको पीडा र दु:खको कुरालाइ निकै हल्का बनाइदियो।अरुको रचना लाई आफुले कोरेको भनेर बाचन गर्न ले जस्तो पनि कथा बुन्न सक्छ। :मेरो मनमा यो पर्न गयो।तर अन्तिम मा पत्रकार ले श्रीमान र छोराहरुलाइ के भन्नुहुन्छ ???भन्ने प्रश्न गर्दा , उहाको आखाबाट ओरालो लागेका आशुले फेरि एकपटक सोच्न बाध्य तुल्याएको थियो।यहानिर आदरणीय पत्रकार दाजुलाइ पनि एउटा अनुरोध यो छ कि ब्यती र विषय बस्तुको बारेमा गहन अध्यन नगरी कार्यक्रम सम्प्रेषण गर्न हतारीनु गल्ति त भएको हैन??? दीक्षा चापागाईं दिदी जस्ले कंचनलाई फोहरको थुप्रो बाट उठाएर साहारा दिनु भो नया जिन्दगी दिनु भो ।सर्बप्रथम त म नमन गर्न चाहान्नु उहाको त्यो कार्यलाइ।तर दिदि के हजुर को कुनै दाहित्वो थिएन?? कंचनको पृष्ठभुमि बुझेर तत्थ सत्य कुरालाइ मात्र मिडिया सम्म पुर्याउनु।मैले हजुर लाई त्यसैदिन फोन गरेर कंचन शर्मा को बारेमा बुझेको थिए ।उहाँ संग धेरै सिर्जनाहरु रहेको कुरा जानकारी गराउनु भएको थियो।र मैले हजुर लाई उहाको बारेमा के सोच्नु भएको छ ?? न्यान दिलाउने बारेमा भनेर सोध्धा सोच बनाउदै छु भन्नु भएको थियो।र मैले म पनि छु हजुर बाट पहल गरिनुपर्यो भनेको थिए।दिदी जति मिडिया र संचार माध्यम मा आए त्यस्मा कति सचाइ छ भन्ने कुरा हजुर लाई मात्र थाहा छ ।र हजुर को कर्तव्य पनि हो कि सत्य के हो सबै सामु पुर्याउनु ।मोहन सर हजुर गलत हुनु भो या गलत हुनुहुन्छ भन्ने अधिकार म संग छ छैन थाहा छैन।तर मैले कंचन शर्मा दूध ले नुहाएकी भन्न खोजेको पनि हैन ।एउटा घर बिग्रीनुमा जति हात महिलाको हुन्छ त्यतिनै पुरुष को पनि हुन्छ।अहिले पछिल्लो समय यहि कंचन शर्मा को विषयलाई लिएर हजुरलाइ समाजिक संजाल मा निकै सक्रिय पनि देखे ।यदि हजुर लाई आफू पीडित छु ।आफुमाथी पनि अन्याय भए जस्तो लाग्छ भने हजुरले पनि आफ्नोलागी लड्न सक्नु हुन्छ ।तर यो अब हजुरको घरको मात्र कुरा रहेन एउटा साझा विषय बनिसकेको छ ।त्यसैले हजुरले पनि मिडियामा सत्य तत्थ बोलिदिए हामी आभारी हुने थियौ।यदि उहाको आँसु र पिडाको ब्यापार गर्नकै लागि मात्र यसो गरिएको हो भने त्यो पनि पर्दाफास हुनु जरुरी छ।नारी भन्ने यति सवेदनशिल शब्द लाई यसरी प्रयोग गर्न कुनै मिडिया वा संघ सस्था लाई अधिकार छैन।अन्तिम मा हजुर लाई एउटा अनुरोध गर्न चाहान्छु यस्लाइ अझै ठूलो नबनाइयोस ।यो तपाईं बाट मात्र संम्भब देख्छु म।बाकी हजुर आफै जानकार हुनुहुन्छ।धन्यवाद ।।

 -नयन अधिकारी 
चावाहिल

Tuesday, October 4, 2016

गित


बिहानि ब्युझाउछु म

- माया गर्ने मुटु नै, चोरेर लान्छ्यौ भने
- म त मर्छु होला वियोगमा,छाडेर जान्छ्यौ भने
मेरो बिहानि कहिल्यै फर्किदैन फेरि प्रिया
कुनै दिन आउछु भन्दै कसम खान्छ्यौ भने
-
-
संझ प्रिया मेरो मुटु तिम्रै हातमा छ
नबिर्सनु'अनायास'कालो रातमा छ
-
-
कैयौ रातहरू मारेर बिहानि ब्युझाउछु म
उज्यालो नहोस् उनिसँगै सपनामा हराउछु म
-
-
सुन्छु मेरो मुटुको मोलमोलाइ गर्दै छौ'रे
बजारमा लिलाम गर्दै बोलबोलाइ गर्दै छौ'रे /

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु