Sunday, November 20, 2016

" नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।

मोहन रेग्मी सर,
 हुन त हजुरको बारेमा म ब्यतिगत रुपमा त्यति जानकार छैन।केहिदिन यता सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा आइरहेको खबरहरु ......र कान्तिपुर टि भि को निकै चर्चित कार्यक्रम "सुमन संग" अन्तर्वार्ता मा हजुरको श्रीमती संग पत्रकार "सुमन खरेल" संग गरिएको कुराकानिको आधारमा केही लेख्न बाध्य भए । हाम्रो समाजमा " नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।कहि कतै हजुर पनि कंचन रेग्मी बाट पिडित हुनुभयो होला उहाका नराम्रा बानी र नराम्रा शब्दहरुले हजुरको मुटुलाइ पनि अस्थिर पारिदिए होला।हजुर को मान , इज्जत , प्रतिस्ठालाई धमिलाइ दियो होला।हजुरको ह्र्दयलाइ छिया छिया परिदियो होला।हजुरले आफुलाइ समाल्नै गाह्रो भो होला।तर.....त्यस्को बिकल्प एउटा महिलालाइ सडकमै छाडिदिनु,उस्को जिम्मेवारी नउठाइ टाढा भाग्नु,उस्को जिन्दगी लाई एक्लो बनाइदिनु मात्र थिएन होला नि???उहाको उपचार हुन सक्थो ।उहालाइ दुव्र्यसन बाट छुटाउने प्रयास हजुरबाट हुन सक्थो।त्यस्मा हजुरको पहुच पनि थियो।उहाँ संगै बस्न सकिने बाताबरण थिएन भने उहालाइ छुट्टै ठाउमा राख्ने ब्यवस्थापन गर्न सकिन्थो नि।सामाजिक संजालहरुमा यो खबर पनि आइ रहेको छ कि।कन्चन संग हजुरको छोडपत्र भैसकेको हो।र कंचनले आफ्नो अधिकार पनि पाइसकेकी हुन।सर हजुरलाइ एउटा प्रश्न छ सम्मानित अदालत ले हजुरको वैवाहित सम्बन्धलाइ बिच्छेद गरायो।तर सन्तान संगको आमाको सम्बन्ध लाई कुनैपनी देशको कानुन र अदालत ले बिच्छेद गराउन सक्दैन।एउटा आमालाइ आफ्ना सन्तानहरु बाट टाढा राख्ने भुल हजुर बाट भएकै हो।कमलको फुल हिलोमै फुलेको हुन्छ।हजुरका ती दुई सन्तानपनी तिनै हिलोमा फुलेको कमलको फुल हुन् ।कमललाइ अपनाउनेले हिलोलाइ यसरी बहिष्कार गर्न मिल्ला र सर???आमा जस्ती नै हुन आमा त आमा नै हुन्छन् ।आफ्नो सन्तान हरु आफ्नो मुटुबाट टाढा हुदा कुन आमाको मुटुको तार नचुडिएला र सर????हुन त सबै आमाहरुलाइ एउटै तराजुमा राखेर मुल्यांकन गर्न नमिल्ला तर आमाको ममता लाई त कुनै शब्द मुल्यांकन गर्न सर??? म एकछिन अन्तर्वार्ता तिर फर्किए।म पनि एउटा सर्जक हु।कंचन शर्माले आदरणीय रबि प्रान्जल दाजुको गजल लाई आफ्नो भनेर बाचन गरिरहदा मेरो मुटु चस्स दुखिरहेको थियो।अनि उहाले यो रचना बाचन अगि गरेको पीडा र दु:खको कुरालाइ निकै हल्का बनाइदियो।अरुको रचना लाई आफुले कोरेको भनेर बाचन गर्न ले जस्तो पनि कथा बुन्न सक्छ। :मेरो मनमा यो पर्न गयो।तर अन्तिम मा पत्रकार ले श्रीमान र छोराहरुलाइ के भन्नुहुन्छ ???भन्ने प्रश्न गर्दा , उहाको आखाबाट ओरालो लागेका आशुले फेरि एकपटक सोच्न बाध्य तुल्याएको थियो।यहानिर आदरणीय पत्रकार दाजुलाइ पनि एउटा अनुरोध यो छ कि ब्यती र विषय बस्तुको बारेमा गहन अध्यन नगरी कार्यक्रम सम्प्रेषण गर्न हतारीनु गल्ति त भएको हैन??? दीक्षा चापागाईं दिदी जस्ले कंचनलाई फोहरको थुप्रो बाट उठाएर साहारा दिनु भो नया जिन्दगी दिनु भो ।सर्बप्रथम त म नमन गर्न चाहान्नु उहाको त्यो कार्यलाइ।तर दिदि के हजुर को कुनै दाहित्वो थिएन?? कंचनको पृष्ठभुमि बुझेर तत्थ सत्य कुरालाइ मात्र मिडिया सम्म पुर्याउनु।मैले हजुर लाई त्यसैदिन फोन गरेर कंचन शर्मा को बारेमा बुझेको थिए ।उहाँ संग धेरै सिर्जनाहरु रहेको कुरा जानकारी गराउनु भएको थियो।र मैले हजुर लाई उहाको बारेमा के सोच्नु भएको छ ?? न्यान दिलाउने बारेमा भनेर सोध्धा सोच बनाउदै छु भन्नु भएको थियो।र मैले म पनि छु हजुर बाट पहल गरिनुपर्यो भनेको थिए।दिदी जति मिडिया र संचार माध्यम मा आए त्यस्मा कति सचाइ छ भन्ने कुरा हजुर लाई मात्र थाहा छ ।र हजुर को कर्तव्य पनि हो कि सत्य के हो सबै सामु पुर्याउनु ।मोहन सर हजुर गलत हुनु भो या गलत हुनुहुन्छ भन्ने अधिकार म संग छ छैन थाहा छैन।तर मैले कंचन शर्मा दूध ले नुहाएकी भन्न खोजेको पनि हैन ।एउटा घर बिग्रीनुमा जति हात महिलाको हुन्छ त्यतिनै पुरुष को पनि हुन्छ।अहिले पछिल्लो समय यहि कंचन शर्मा को विषयलाई लिएर हजुरलाइ समाजिक संजाल मा निकै सक्रिय पनि देखे ।यदि हजुर लाई आफू पीडित छु ।आफुमाथी पनि अन्याय भए जस्तो लाग्छ भने हजुरले पनि आफ्नोलागी लड्न सक्नु हुन्छ ।तर यो अब हजुरको घरको मात्र कुरा रहेन एउटा साझा विषय बनिसकेको छ ।त्यसैले हजुरले पनि मिडियामा सत्य तत्थ बोलिदिए हामी आभारी हुने थियौ।यदि उहाको आँसु र पिडाको ब्यापार गर्नकै लागि मात्र यसो गरिएको हो भने त्यो पनि पर्दाफास हुनु जरुरी छ।नारी भन्ने यति सवेदनशिल शब्द लाई यसरी प्रयोग गर्न कुनै मिडिया वा संघ सस्था लाई अधिकार छैन।अन्तिम मा हजुर लाई एउटा अनुरोध गर्न चाहान्छु यस्लाइ अझै ठूलो नबनाइयोस ।यो तपाईं बाट मात्र संम्भब देख्छु म।बाकी हजुर आफै जानकार हुनुहुन्छ।धन्यवाद ।।

 -नयन अधिकारी 
चावाहिल

Tuesday, October 4, 2016

गित


बिहानि ब्युझाउछु म

- माया गर्ने मुटु नै, चोरेर लान्छ्यौ भने
- म त मर्छु होला वियोगमा,छाडेर जान्छ्यौ भने
मेरो बिहानि कहिल्यै फर्किदैन फेरि प्रिया
कुनै दिन आउछु भन्दै कसम खान्छ्यौ भने
-
-
संझ प्रिया मेरो मुटु तिम्रै हातमा छ
नबिर्सनु'अनायास'कालो रातमा छ
-
-
कैयौ रातहरू मारेर बिहानि ब्युझाउछु म
उज्यालो नहोस् उनिसँगै सपनामा हराउछु म
-
-
सुन्छु मेरो मुटुको मोलमोलाइ गर्दै छौ'रे
बजारमा लिलाम गर्दै बोलबोलाइ गर्दै छौ'रे /

रामकृष्ण अनायास

🌹 गित २०७२/९/२६


के गरेर कटाइ हेलि ति मुनाले रातहरू

भुल गरे कि सहि गरे तिमिलाइ थाहा छ
सबै आफ्ना त्यागि यो मन तिमि तिरै आ'छ
सुरूमा त मैले तिमिलाइ वास्तै गरिन
जव मलाइ महसुस भो,मुटु बेचैन भा'छ /

जिवनमा आज सम्म धेरै गुमाइ सके
सँगै मर्छु तिमि भित्रै मुटु डुवाइ सके /

मन्दिरको दियो जस्तै यो मन बल्दा खेरि
लाग्थ्यो आउथ्यौ निभाउन मुटु जल्दा खेरि /

के गरेर कटाइ हेलि ति मुनाले रातहरू
ब्यर्थ थियो एकपल बिना मदनका साथहरू /

रामकृष्ण अनायास
 गित २०७२/९/२६

Thursday, September 22, 2016

गजल


कहिल्यै आउदैन गरिवलाई दशैं र तिहार पनि 
पाएनन् बरा सरकारको राहात आउने समाचार पनि

सिटामोल नपाएर कतिले जीवन गुमाउदा यहाँ 
सदनले सुनेन जनताको गुनासो बारम्बार पनि 

भोलिको देश हाँक्छु भन्दै पठशाला गएका बाबुनानि
तर्साइन्छ बम राखेर सहन्छन दुख अपरम्पार पनि 

अब जन्ताले क्रान्ति गर्नेछ सरकारका बिरुद्ध 
उत्रने छन् यस्तै हर्कत गरिरहे लगातार पनि 

आफ्नै सपनामा ज्युन बाध्य बनायो यो समयले
अचेल पैसामा बिकेपछि यो स्वार्थि संसार पनि 

रामकृष्ण अनायास

Friday, August 19, 2016

"युवाको लागि मन बिसाउने चौतारि हो मौनता "।

       
कृति समीक्षा
 पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भुमि बन्दै गैराखेको छ /हुन त यस अघि पनि चितवन साहित्यमा अगाडीनै थियो तर पछिल्लो समयमा चितवनका केहि धेरै साहित्यिक ब्यक्तित्व बिश्व साहित्यको धरातलमा पुगि सकेकोले यस मानेमा साहित्यिक भुमि चितवन पनि मान्न सकिन्छ / 
चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरु प्रकासित भै सकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकासित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान 'मौनताले' पाठकको मौनतालाई नै तोडिदिएको छ / 
         पहिले कविताका माध्यम बाट चितवनको उर्वर माटोमा जन्मिएका कवि सुमन घिमिरे हालै प्रकासित भएको उनकै आख्यान 'मौनता'ले सफल आख्यानकार का रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।
 देशै भरि उपन्यास 'मौनता'को चर्चा चलि रहदा आफु 'मौनता'नपढी बस्नै सकिन आख्यान कार कै हात बाट 'मौनता' लिएपछि सरासर घरमा आएर 'मौनता'भित्र पस्न खोजे त्यहि रमाए,कतै रोए अनि कतै माया प्रेम,मिलन ,बोछोड़ र त्यो भन्दा पनि आख्यानमा सामाजिक बिषयवस्तु लाइ जीवन्तता का रुपमा उठाएको पाए / समाज भित्रको मानविय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पनि पाए त्यो भन्दा पनि समाजकै कथा वस्तुको यौटा प्रतिविम्बको रुपमा लिए मैले /

 गोर्खा पब्लिकेसन ले प्रकासन गरेको 'मौनता'भित्र दुइ सय छब्बीस पेज रहेपनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारण ले मलाइ छोटो झैँ लाग्नु स्वाभाविकै को तर उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा रहेको पनि छ / 
         आख्यानको सुरुवात फिल्मी तरिकाले सुरु भएको छ अर्पण लाइ मुख्य पत्रको रुपमा उभ्याएर आइ टि सम्बन्धि टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ अर्पण कै माध्यम बाट र समय पैसा र सम्बन्ध लाइ नचिनेर आफ्नै कारण ले आफै धोका खाएकी शिला पात्रलाइ सवाल र सक्षम बनाउन पनि उत्तिकै ठुलो भूमिका खेलेको छ भने विदेश मा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफु आख्यान मा खलनायक का रुपमा रहेको पात्र सुबिन संग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरु पात्रलाइ सुबिनको पन्जा बाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउछ, त्यो भन्दा पनि आफ्नो गल्तिको बोध गर्न सक्ने सम्म बनाउछ ।           समाजमा धेरै थरिका मानिसहरु हुन्छन कोहि सेवामा बिलिन हुन्छन कोहि पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड,रक्सि खाएर परिवारलाई घर न घाट सम्म पुर्याउने पात्र हुन्छन त्यस्तै गरि यो आख्यान भित्र पनि यो कथालाई आख्यानकार ले रानी पात्र को घर लाइ समावेस गरेका छन् ।
 वास्तवमा यहाँनेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड,रक्सि,जुवाले सम्पति सकिएपछि पैसा संग छोरीलाई सम्झौता गर्ने पुरुष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन् / विदेशमा परेको बाध्यता रहर दुख र सुखले निम्त्याइएको दुख लाइ पनि चित्रण गरिएको छ भने कतै आख्यानकार ले पुरुस पात्रलाई ,महेस पात्रको रुपमा उभ्याएर ठुलो र महान बनाउन पनि खोजेका छन् ,उक्त पात्रको माध्यम बाट पुरुषलाइ धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन् भने नारीले आफ्नो चरित्र आफै हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफु हदै सम्म पार गर्न सक्छे भन्ने सम्म पनि पाठक लाइ दिन खोजिएको छ,सो संगै नारिको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तिको महसुस गर्नसक्ने पनि हुन सक्छन भन्ने कुरा शिला पात्रा द्वारा दिन खोजिएको छ /
    आख्यान भित्र भिन्न भिन्न कथा वस्तु लाइ समेटिएको छ जहाँ नारीलाई कमजोस सम्झिएर फाइदा लिने पुरुषहरू पनि देखाइएको छ जहाँ नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा लक्ष्मी पात्र द्वारा उठान गर्न पनि खोजीएको छ भने 'मौनता'भित्र पुरुस लाइ माथिनै राखेपनि पुरुषका कैयौ कमि कमजोरीलाइ पनि औल्याइएको छ / पुरुषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न सक्छ भन्ने कुरा आख्यानका पात्र महेस द्वारा पुस्टि गरेका छन् आख्यानमा जव कि नेपाल बाट आएकि एक्ली चेली सम्झेर आफु नखाएरै पढायो र,श्रीमती सम्म पनि स्वीकार्यो मान इज्जत,पैसा सबै कमाउने सम्म पनि बनाइ दिन्छ पछि उसै बार तिरस्कृत बन्छ ,पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविस्य लाइ हेर्दै सम्बन्ध बिच्छेद हुदा सम्म शिलाको जीवन उकासिरहेको हुन्छ,।
 'मौनता'भित्रको प्रेम प्रसङ्गले आख्यानलाइ रोचकता बढाएको छ पाठकको मन तान्न सफल भएको छ / अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुक को माध्यम बाट समर्पण र मौनता लाइ जन्माएर संयोगवस भेट गराउछन / आख्यान बियोगात्मक रुपमा बिटमारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो अन्तिममा संयोगात्मक बनाउने,उहाँको कला लाइ मान्नै पर्छ,
 विदेशको कथा जोडीसकेपछि बिदेशमा नेपालि ले भोग्नु परेको पिंडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो / 
आख्यानको सुरुमै अर्पण पात्रको माध्यम द्वारा बिदेशमा भन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशम केहि गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानी लाइ आख्यानमा विदेश नै गएको देखाईदिदा अल्लि खल्लो महसुस भएको हो कि जस्तो पनि लाग्छ /
 बिदेशमा कैयौ नेपालि छन् जो सुखले भन्दा अभावले बाँचेको र नेपालि ले पाएको पिंडाहरु धेरै रहेको र विदेश भन्दा स्वदेश नै ठिक रहेको आफ्नो मातृभूमि प्यारो हुनेकुरा देखाएर रानी र अर्पण लाइ नेपालमै रोक्न सक्नु पर्थ्यो कि ! आख्यानमा नारीलाई निकै नै गिराएको देखिन्छ शिलापात्रका माध्यम द्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो कि भन्ने मात्र हो जे होस् गल्तिको महसुस भने गराएको छ आख्यान ले /

 वास्तवमा ''मौनता'निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति,विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया,प्रेम,मिलन ,बिछोडको आदि ब्याख्या गरिएको छ ।

 समाजको चित्रण हो मौनता।
 नारिको यथार्थ कथा हो मौनता ।
 पुरूषको दिइवटा रूपको खुलासा हो  मौनता  /
माया,प्रेम,मिलन,बिछोडमा युवाको मन बिसाउने चौतारि हो मौनता । 

यस्तै गरि "मौनता " निकै रहस्यमय तरिकाले सुरु भएर रहस्यमय तरिकाले नै अन्त्य भएको छ / यस हिसाबले 'मौनता'निकै सफल आख्यान मान्न सकिन्छ पहिलो आख्यान ले नै चर्चाको शिखरमा पुर्याउन सफल आख्यानकार सुमन घिमिरे ज्यु लाइ सफलताको सुभकामना दिन चाहन्छु /

 रामकृष्ण अनायास कविडाँडा
 Paudelramkrishna6@gmail.com

Tuesday, August 9, 2016

माटोमा सपनाहरू



कविता - 

टाँसिएको 
भित्तामा त्यो तस्विर
म निकालेर नियालि रहेछु

रहरलाइ कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विर सँगै
यादहरू कैद गरि
म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।

मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दु सम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडिको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।

लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका 
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धंाजा फाटेको मरूभुमि टेक्दा
ह्रदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनि शिर घुमेकोछ ।

हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,

मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाइ साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिई रहेको छु ।

हिड्ने बेला मेरि आमाको आशिर्वाद 
र आँखाको डिलबाटबर्षेको आँसुको लागि 
बाँच्नु पर्छ म

हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।

हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अव मेरो शरिरमा धमनि र शिराहरू बाट
एउटा उर्जा दिने छ
हावाको वेग सँगै सपनाहरू उमारेर
मरूभुमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडि आउने युवाहरूलाई
रोक्ने छु ।
फर्क 
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसिमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ 
छिट्टै आउदैछु आमा । 

रामकृष्ण अनायास 
कविडाँडा

सल्लाह सुझावको अपेक्षा राख्दछु