Wednesday, August 3, 2016

मुक्तक


लाग्छ भगवान पनि मेरो खिलावमा छन्
सयौ मान्छोको गुनासो ले आफै बिलावमा छन्
वाक्क छन् उनि पनि यहाँको परिस्थिति देखेर
सुन्छु अचेल सिँहदरवारतिरै मेलमिलावमा छन्


रामकृष्ण अनायास

प्यारि उता एक्लै छन्


मेला ,पर्म ,लेक बेशि बार्ह्रै यामहरूमा
आमाको जीन्दगी बित्यो चैते घामहरूमा

यो छोरो प्रदेशिएको कैयौ बर्ष बित्दा पनि
बा आमाको माया सधै खोज्छु चिठि खामहरूमा

प्यारि उता एक्लै छन् जमना ठिक छैन रे
इमान हराएको छ भन्छन् कलियुगका रामहरूमा

मरूभुमि तात्दा बाँच्न उन्को याद छ र नत्र
मेरो पनि शरिर पर्थ्यो ति बाकसका लामहरूमा

रामकृष्ण अनायास

गजल

समयले रातारात महलमै पुर्याउछ फकिर लाइ पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिर लाइ पनि


बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जव लगान भर्न थाल्छ दोष देखाउछ आफ्नै तक्दिर लाइ पनि


दुध चढाउदैमा भगवानले कहाँ तथास्तु भन्थे र बरा !
तव गालि गर्न थाल्छ मान्छे मुर्ति अनि मन्दिर लाइ पनि


उस्ले कहिल्यै सोचेन भोलिको दिन उदाउछ भनेर
देख्ने कोशिस नै गरेन आफ्नै अगाडिको मन्जिल लाइ पनि


रामकृष्ण अनायास

Friday, July 29, 2016

गजल

तिम्रै वरिपरि हेर बग्दो बतासमा छु
जुन अनि तारालाइ सोध निलो आकाशमा छु

मेरो याद जतिबेला आउने छ तिमिलाइ
बोलाउनु तिम्रै आँखा नजिक आसपासमा छु


तिमि छट्पटि भै आत्तिएको सधै देख्दा
लाग्छ धड्कन अनि तिम्ले फेर्ने हर सासमा छु

कुनै दिन हामि दुइ जुनतारा बनि उदाउने छौ
त्यसै दिन दुइमुटु एउटै हुने आशमा छु

रामकृष्ण अनायास

गजल

हिले भुकम्प त कहिले भेल पसेर
जन्ता मरेका छन् सरकार ओझेल बसेर

बिचरा वालकहरू आमाको काख खोसिदा
हेरिरहेका थिए पुरिएको , पहाड खसेर


सिँहदरबार दिनरात मोटाउदै जाने हो भने
जन्ता आफै उठ्ने छन् एकदिन कम्मर कसेर

पैसाले भोट बिग्दैन बुझ्नुपर्ने थियो उसले
सोचेन पठाउछन् गाउँलेले उल्टै खरानि घसेर

रामकृष्ण अनायास

Sunday, March 20, 2016

गजल


यहाँ गरिवको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाइ ठाउ हुदैन

सधै अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाइ बलि दिने सज्जनको कतै नाउ हुदैन

यहाँ कैयौ रात नसुति भोकै मर्ने हरूपनि छन्
विचरा । ति नानि वाबुका आमा कोहि बाउ हुदैन

नागरिकता दिनपनि घुस माग्ने सरकारले
भन्छ गरीबको लेख्ने स्थाइ गाउ हुदैन

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु