Saturday, March 22, 2014

कविता - ''छापामार''

कविता - ''छापामार''

रामकृष्ण पौडेल 'अनायास
बर्षौ पछि फर्कदैछु उहि गाउँ
जुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरु
बिचरा ! हर्के र मनमायाको अझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यहि दिन उनिहरुको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो /

पिंडिमा वसेकी सुन्तली भाउजु अझै
आफ्नो पतिको बाटो हेरिरहेकी छन्
सोध्दै थिइन बरा ! मलाई
''कतै देख्नु भयो कि बाबु दाई लाई ?''
मैले थोरै सान्वना दिए
'दाई मुग्लान पसेको हुनु पर्छ फर्केलान एक दिन' /

सुस्ताउदै निस्कन्छु त्यहाँ बाट
मेरी आमा पनि मेरो पर्खाईमा होलिन
कुकुर मलाई देख्दा पक्कै भुक्छ होला
सुघ्छ होला अनि बल्ल छाड्दो हो मलाई /

साँझ पर्दैछ घाम पारि डाँडाको फेदी तर्फ दौडेको देख्छु
त्यो जति दौडन्छ म उतिनै दौडिएको छु
घाम बास बस्दा म पनि पक्कै बास बस्न पुग्छु होला /

बिचमा बाल्यकालको याद दिलाउछ मलाई
यो स्कूल आई पुग्दा
स्कूलका ढोकाहरु झन् जिर्ण छन्
म छिरेर भाग्ने गरेको झ्याल नै भत्किएको छ
जस्ता सबै प्वाल परेको र
खियाले रंगिएको छ
पक्कै वन्द हुनु पर्छ यो स्कूल
त्यहि दिनको भिडन्त बाट /

मास्टर बा को आँखी भौं पनि
फुलि सकेको रहेछ
मोटो चस्मा लगाउदै एकनासले हेरिरहे
मैले नमस्कार गरे
फर्काउने उनको हात काटिएको रहेछ
पक्कै युद्ध कालमा हुनुपर्छ
मास्टर बा ले मलाई राम्रो संग चिनेकाछन्
किनकि उनकै काख बाटै म
खोसिएको थिए छापामार बाट
आँसु पिलपिल पार्दै सोधे मास्टर बा ले
''पक्कै अयोग्य घोषित भयौ बाबु ?''

(कविडाँडा भरतपुर -१३,)

Sunday, March 16, 2014

मैले त छोरा लाई स्कुल पठाउनै छाडिदिए

रामकृष्ण ''अनायास''

रातारात महंगी बढायो यो सरकारले
एकछाक छाड्नु पर्ला भन्दैथ्यो सधियारले

मैले त छोरा लाई स्कुल पठाउनै छाडिदिए
थेग्नै गाह्रोभो अब सिमा नाघेपछि बजारले

नया नेपाल बहाना मात्रै रहेछ नेताको
मुकुट हराउदा झन् धिक्कार्दै छ दरवारले

गल्ति गर्नेको राजा चल्छ देशमा अचेल
त्यसैले अपराधि पाउनै छाड्यो कारागारले

कबिडाँडा

Sunday, February 23, 2014

तक्दिर बनाउछन् यहाँ

मुक्तक, 

कसैले आश्रम त कसैले मन्दिर बनाउछन् यहाँ
त्यहिँ लुटेर धेरैले आफ्नो तक्दिर बनाउछन् यहाँ
बिचरा!उसले केहि गर्छु भन्दैथियो दु;खिको लागि
फटाहा हरुले त्यस्तैको लागि जन्जिर बनाउछन् यहाँ

साधना

मुक्तक, 
मेरी आमाले भन्नुहुन्छ छोरा तिमि पढ्नु पर्छ भनेर
दिनुहुन्छ धेरै हौसला चुनौती संग लड्नु पर्छ भनेर
यो तिम्रो रमाउने बेला हैन साधनामा लाग भन्दै
निकै सम्झाउनु भो हिजो अगाडी बढ्नु पर्छ भनेर /

Friday, February 21, 2014

प्रेम प्रस्ताव

muktak

सुटुक्क आएर प्रेम प्रस्ताव राखेर गई
बदलामा भएको त्यै मुटु पनि मागेर गई
आजसम्म त पर्खेरै बसेको थे बाटो हेर्दै
सुन्छु पराई संग नेटो काटेर गई

Thursday, February 20, 2014

''अस्थित्त्व'' उहि प्रिय आदि गोरेटो बाट

कविता - अस्थित्त्व

आफु हिड्ने जिन्दगीको गोरेटो खोज्दा
केहि पाउने आशमा केहि हराएको छु
केहि गुमाएको छु त केहि पाएको छु
मैले देखेका सारा सपना हरु त केवल
हिजो बगरमा बालुवाले बनाएको घर जस्तै
सुर्य उदाउन नपाउदै
खै कता बिलाएको छ /
म आफ्नै पहिचान खोजिरहेको छु यति बेला
मलाई सोधेकाछन् उल्टै ति गोरेटा हरुले
म निशब्द छु किनकि अझै भेटिएको छैन
मेरो पुराना केहि डोबहरु
खै थाहा छैन अझै अनगिन्ति छन्
मैले देखेका यि गोरेटाहरु
न त चोक चोकमा लेखेएको नै छ
कहाँ पुगिन्छ भनेर /
कैयौ थकानका सुस्केरा सुस्ताउदै
मैले देखेको सपनाको स्पर्श लत्याएर
अर्को थरिको सपना खोज्न हिंडे
त्यही गोरेटो हरुमा /
कैयौ ठाउमा लिलामी नभएका पनि होईनन्
आफ्नै चाहनाहरु
कैयौ ठाउमा ईच्छा मेटाउदै तिर्खाएका मनहरु
पुन फर्कन्छन् उहि गोरेटोहरुमा /
कहिले मन भित्रको आवेगले तताउथ्यो त
कहिले सफरको चरम उत्कर्स संगै
भत्किन लागेको मनको पहाडले सताउथ्यो
मैले देखेको आदि बाटो जोगाउनु छ अब
जिन्दगीको गोरेटो खोज्दा,
आफु नामेटिदै बाँकि रहेको
अस्थित्व रक्षा गर्न म फर्खेर आएको छु
उहि प्रिय आदि गोरेटो बाट

रामकृष्ण पौडेल 'अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु