Monday, December 30, 2013

उहिल्यै मर्छु भन्थि बरा!

गजल, 


बर्षौ देखि उही सपना मैले देख्दै आएको छु
उस्ले भोगेका सबै कहानी लेख्दै आएको छु

खै कसरि बचाउन सक्छु यो समाजबाट उसलाई
उस्कै छिमेकी बाट लुटिदा पनि छेक्दै आएको छु

बिचरी के गरोस् नारि भएकै कारण लुटिदा खेरि
रुदै बगाएका ति आँसुमा टेक्दै आएको छु

के देला न्याय यो राज्यले म लडेको पनि ब्यर्थ भो
उहिल्यै मर्छु भन्थि बरा!आजसम्म भोग्दै आएको छु

रामकृष्ण पौडेल ''अनायास''

लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

गजल, 

गरिबको सपना बिच सडकमै लुट्यो शहरले
बाँच्नै गाह्रो निर्धोलाई झन् चुट्यो शहरले

तड्पिएर मर्छन् कति महंगीको मारमा परि 
जोस जाँगर मेहनत सब,धुत्यो शहरले

शरिरको नी मोल तोल हुन्छ सोझा लाई फसाएर 
लिलामीमा ईज्जत किन्दै कुट्यो शहरले

आफ्नो पराई भन्दैनन् कोहि स्वार्थि बन्दै जादा 
आफन्तको नाता अनि सम्बन्ध छुट्यो शहरले

रामकृष्ण पौडेल ''अनायास''

Tuesday, December 24, 2013

छुट्टै संसार बनाउछु

गजल 

बगरमा बालुवाको घर बनाउन खोज्दैछ उ
र त अरुको बस्तीमा आगो लगाउन सोच्दैछ उ /

जमिनमा टेकेर आसमान छुन्छु भनि कराउदै
दिउदै तारा आकाशको खसाउन घोच्दैछ उ /

छुट्टै संसार बनाउछु भन्छु पुरानो जलाएर
आफै झोसी अरुलाई फसाउन खोज्दैछ उ /

सपना देख्न नपाउदै महल आँदिले ढलाउदा
बिकल्पमा आफ्नै घमण्ड जलाउन खोज्दैछ उ /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

Monday, December 23, 2013

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु

गजल

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु
भोको पेटमा पानि भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अझै दु;ख देउ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

धनि हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जिबन टरिरहेको देख्छु

बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

जिन्दगीका हर खुशि

मुक्तक 

जुन पठाईदिन्छु,तिमीलाई तारा पठाईदिन्छु
जिन्दगीका हर खुशि सारा पठाईदिन्छु /
तिमिपनि आउछ्यौ भने आउप्रिया मै संग
यहाँ सम्म आउने गाडी,भाँडा पठाईदिन्छु /

''अनायास''

Sunday, December 22, 2013

माया प्रेमको मामिला हो

शेरहरु

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु