Monday, August 12, 2013

माया पनि आज आखिर बेकार हुदैछा


गजल

अदालतमा मलाई किन केरकार हुदैछ
माया पनि आज आखिर बेकार हुदैछा

सबुत प्रमाण देखा भन्छन सबै पत्र पेस गरे
मलाई दोसी भन्दै बयान फेरफार हुदैछ

मुलुकी येन ज्यान मारेको दफा कति लगाउदै
सच्चा प्रेमी थुन्नलाई जेल, बेरबार हुदैछ

बाहिर नारा जुलुस गर्दै मुद्धा ममा पल्टाउन
भन्छन ''कृष्ण'' हार्यो भने बेसार हुदैछ

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

मुक्तक


मुक्तक


पराईको सिन्दुर सिरमा टल्काउदा तिम्ले
खुशी हुन्छौ मेरो चिता सल्काउदा तिम्ले
जलाउदा आगाडी नै मुटु झिकी लैजानु है
हेर्नु हुन्छ मेरो यादले झल्काउदा तिम्ले


न त कसै संग बोल्नु नै मन छ
न त दिलकोकुरा खोल्नु नै मन छ
के गरायौ तिमीले यस्तो खोई
न त तिम्रो चिनो पोल्नुनै मन छ


यहाँ कस्को पैसाले तारा किन्न सक्छ र
जुन आकास अनि सारा किन्न सक्छ र
सबै उस्तै उस्तै हुन् गफ जतिनै गरेपनि
धनिलेनि कहाँ सुनको चारा किन्न सक्छ र ?



लौ आउछु अब तपाई कै घरमा
एकघर एकभोट हजुर हरुकै भरमा
जिताउनुहोस मालामाल बनाईदिन्छु
छानो ढलानको हुनेछ बस्नु पर्दैन खरमा


ढल्दै छ'रे यो सरकार अब
खुल्दैछ सुन्छु दरबार अब
आउने नै भए ज्ञाने दाई
बन्ने भो मेरो घरबार अब


सुन्दर फूलको बासना नि हराउछ कुनैदिन
बोटले पनि ओईलाएसि झराउछ कुनैदिन
ख्याल गर तिम्रो पनि जीबन मर्न सक्छ
आफै देक्दा आफ्नै मननि डराउछ कुनै दिन

म पनि त तिम्रै यादमा रोएरै बाँचि रा'छु
सारा सपना आँसु ले नै धोएरै बाँचि रा'छु
गल्ति तिम्रो र मेरो दुवै को थियो
तिमि बसेको यो मुटु छोएरै बाँचि रा'छु


खोइ अझैँ आइनन् उनि जलाउनलाई तैयार भाछन
धरै पर्खे मलामि ले कराउनलाई तैयार भाछन
मुटु झिकी उनकै हात मा पार्दिनु है भन्दै
जान्छु अब चितामाथि चढाउनलाई तैयार भाछन

रामकृष्ण

कार्यक्रम गजलका थुँगाहरु~११

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु" 
नमस्कार साथीहरु, आज मिति २०७०।4।29 गते  मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here:- Click Here !

Monday, July 29, 2013

कार्यक्रम गजलका थुँगाहरु~१०


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन दृष्टि पौडेलको परिकल्पनामा 
नमस्कार साथीहरु, आज मिति २०७०।4।15 गते हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here

Saturday, July 27, 2013

भाग्य कर्म दैब सबले एकै चोटी ठगे पछि


रामकृष्ण पौडेल अनायास

सयपत्री र मखमली फूल सारे भन्थ्यौ बैनी
गोडमेल गर्दा पालुवा लाई बारे भन्थ्यौ बैनी /

बर्खामास कैले भेल नारायणी उर्ली आउदा
घरखेत संगै लग्यो दाई हारे भन्थ्यौ बैनी /

न त दाई आउने भए न त बच्यो बास आखिर
भन्दै फोनमा रुदै आश मारे भन्थ्यौ बैनी /

भाग्य कर्म दैब सबले एकै चोटी ठगे पछि
चुहिने छानो आदि गास टारे भन्थ्यौ बैनी /


गजलकुञ्ज

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ

(सवाल जवाफ )

सवाल

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ
मलाई छाडी त्यै आँसुले नुहाएर गयौ

गुमाउनु पर्दा मुटु पोल्छ भित्र भित्र
तेसै बेला कोमल मुटु छुवाएर गयौ

खुशी हरु एकाएक बिछोडमा भुल्दा खेरि
बेदनाको चर्को पिडा लुकाएर गयौ

नछुट्टिने साइनो हाम्रो छुटायर जादा
जाने बेला टिलपिल आँसु सुकाएर गयौ

रामकृष्ण पौडेल ''अनायास''


जवाफ

बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी
शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी

म पनि त वेचैनीमा छटपटिदै बसेकी छु
दुई मुटुलाई छुटाउन सारा समाज जुट्दाखेरी

वेदनाको चर्को पिडा लुकाई जान बाध्य भएँ
विछोडको पलमा सारा खुशीहरु लुट्दाखेरी

आँखाको त्यो डिलबाट आँशु खस्नै लाग्दा पनि
लुकाउन बाध्य भएँ सारा साइनो टु्टाखेरी

C RU Silwal

सल्लाह सुझावको अपेक्षा राख्दछु