Tuesday, July 2, 2013

गजलका थुँगाहरु~9

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने

कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
मितिः– 2070।3।3 Monday   
नमस्कार साथीहरु, आज मिति २०७०।3।3 गते सोमवार हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
आवश्यक भागहरुलाई क्लिक गरी सुन्न सकिनेछ 
Download Here Episode~9
 

Monday, July 1, 2013

स्वार्थि भएछन भगवान

मुक्तक

खोज्दैछु मन्दिरमा भगवान नभेटिन्छन अचेल
स्वार्थि भएछन दुःखमा नदेखिन्छन अचेल ।
मान्छेकै गुण सर्यो होलानि संगत निकै हुन्छ'रे
टन्ऩ कैलाशमा खाएर खुट्टा नटेकिन्छन अचेल ।

रामकृष्ण अनायास

Sunday, June 30, 2013

वास हराएको बेला


C RU Silwal


घरबार विहीन भएर वास हराएको बेला
खेत बारी सबै लगि गांस हराएको बेला

राष्ट्रपतिको घाउ नै ठूलो भएको छ यहाँ
महाकालीको भेलमा लाश हराएको बेला

खै के गर्ला र?तिम्रो त्यो एकसरो कम्बलले
लाखौँ जन्ताहरुको बाँच्ने आश हराएको बेला

चरालाई चारा दिए जस्तो राहत छरेर गयौ
दर्दनाक पिडामा परि होशहवाश हराएको बेला

सिंह दरबार थर्कने गरि चिच्याउँदैछन् जन्ता
नेताहरुमा मानवताको आभाष हराएको बेला


balkumari college

मुक्तक

मुक्तक

बिचरा के नै थियो र आज दोस उस्को
बद्ऩाम गरे आखिर देखेर जोश उस्को ।
केहि गर्छु त भन्दै थियो अचेल
दोषिनै ठानेपछी सबैले,छैन बरा होस उस्को ।

रामकृष्ण अनायास

पत्थरमा भगवान खोज्ने हरू

धेरै भेटिन्छन् पत्थरमा भगवान खोज्ने हरू
कैयौ छन मुखमा राम भन्दै छुरा रोज्ने हरू ।

अपराधिकै खेति गर्छन् निर्धाहरु मार्दै यहाँ
बिजयको शंख फुक्छन् गरिबिलाई दोस्ने हरू ।

चर्का कुरा उठाउछन् सबै जन्ता समान भन्दै
राजनितिको खेल खेल्दै झोलि भोर्न सोच्ने हरू ।

रामकृष्ण अनायास

गजलकुन्ज

Saturday, June 29, 2013



मुक्तक

मरेपछी जल्ने थोरै जमिन भए पुग्छ

चढाउदाफूल चेहेरा त्यो मलिन भए पुग्छ ।

भनि दिउँला मलामि लाई मुटु लगि बुझाईदिनु

त्यहि मुटुमा बाँच्न तिमि तल्लीन भए पुग्छ ।

रामकृष्ण ,गजलकुज्ज

सल्लाह सुझावको अपेक्षा राख्दछु