Sunday, April 28, 2013

कथा~~~{प्रतिक्षारत समय}~~~


                                                             रुपेश "अनमोल" फत्र

                                                                         कथा

                                                     ~~~{प्रतिक्षारत समय}~~~

     सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया...|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन गर्न देखि आवत-जावत गर्नमा कसैको हस्तक्षेप थिएन|कुनै जानकार घटनालाई तत्काल एकापसमा शेयर गर्थे|ता की साना-तिना पारिवारिक कुरालाई पनि...|तर...श्रेयाको पारिवारिक आर्थिक अवश्था सुरजको भन्दा केहि सम्पन्न थियो|वा-आमाले बजारबाट अनेक किसिमका खेलौना अनि मिठा-मिठा खानेकुरा ल्याई दिन्थे|र खुशि हुदैँ सुरजलाई बोलाई बाडी खान कञ्जुस्याई गर्दिनथिन् श्रेया...|

घासँ दाउरा गर्दा पनि सगैँ जान्थे|खेल्दा,घासँ दाउरा गर्दा एकापशमा जीस्कीने गर्थे|यसरी नै एक दिन सुरज श्रेयासगँ जीस्कीने क्रममा काउकुती लाउदैँ हातहरु श्रेयाको शरिर भरी फिजाई रहेथ्यो|अनि श्रेया पनि सुरजका हातहरुलाई प्रतिकात्मक गर्दै मुस्काई रहेकी थिईन्|दुवै वाल्यावश्थाबाट यौवनावाश्थामा प्रवेश गर्दै थिए|शायद,त्यसैले होला सुरजका हातहरु आफ्नो कोमल शरिरको कुनै अंगहरुमा पर्दा नौलो अनुभुत गर्दै थिईन् श्रेया..| अनि सुरज पनि एकोहोरो श्रेया माथि आक्रामक हुदै थियो|निरन्तर सुरज श्रेया माथि जिस्कीदैँ झम्टी रहेको थियो|तर अकस्मात,झम्टीने क्रममा सुरजको बललाई थेग्न नसकेर श्रेया भुईमा बजारिन् र सुरज पनि...| निकै वेगले भुईमा दुई जनै हुतिन्दा श्रेया मुनि र सुरज श्रेयाको कोमल पाउँ माथि पर्न पुगे|वरिपरि सुनसान घनाजंगल थियो|चराचुरुङ्गीको चिरचिर आवाज मात्र सुनिन्थ्यो|यस्तो शुन्य परिवेशमा अनि चरम यौवनावाश्थाका दुई केटा केटि बिच वाह्य शारिरीक स्पर्ष हुदाँको सन्तुष्टीले शायद,थोरै चोटहरुले कुनै प्रवाह गरेनन्|भर्खर यौवनावाश्थामा प्रवेश गरेका श्रेया र सुरजलाई यहि शुन्य,शान्त र एकान्त वातावरणमा अकस्मात सृजित भएको अवश्थाले नौलो साईनो स्थापित गराउन प्रेरित गरायो|यसरी दुईको शारिरीक स्पर्षले दुवैलाई यौन उत्कर्षमा पुर्यायो|र त्यही क्षणबाट उनीहरुको मित्रता आत्मीयतामा परिणत भयो|त्यस पछि निरन्तर त्यो आनन्दको फाईदा उठाई रहे|

समय आफ्नै गतिमा बहिरहेथ्यो|उनीहरुको सम्बन्ध प्रगाढ बन्दै गयो|तर दुनियाँ अनभिग्य नै थिए|समयको चक्र सगैँ दुईको भौतिक शरिर हृष्टपुष्ट हुदैँ गयो|अनि गोप्य सम्बन्ध/आत्मीयता पनि निरन्तर कायम राखे|अब त ईशारा नै काफि थियो| ता कि एकले अर्कालाई आवश्यकता महशुष गर्ने बितीक्कै ईशाराले पुर्ति दिलाउथ्यो|त्यो ईशाराले नै कुनै सुनसान ठाउँमा भेटाउथ्यो|जहाँ शुन्दर भविष्य बारे अनि आफुहरुको गोप्य सम्बन्धलाई कोहि कसैले सुईको पाउन सक्ने सम्भावना प्रति एकापशमा सचेतता अपनाउथे|

कमजोर आर्थिक अवश्थाको कारणले सुरजको पारिवारिक व्यावहार धान्न मुश्किल हुन थाल्यो|रात दिन मेला पातमा बा-आमा संघर्ष गरी रहेथेँ|बिहान बेलुका आफ्नै गाई बस्तु हेरचाह गर्थे,अनि दिनमा शाहुकोमा अन्नबोनी गर्न जान्थे|दिन भरी काटाकोदालो गरे वापतको ज्याला धान,कोदो,मकै जे भने नि चार माना देखि पाथि सम्म मिल्थ्यो|त्यहि दिन भरीको कमाईले नै बिहान बेलुकाको छाक टार्ने गर्थे|अनि घर पालुवा कुखुरा,बाख्रा आदी बिक्री गरेको नगदले बालबच्चाको लाउने देखि कापी कलममा लाग्ने खर्चमा सदुपयोग गर्थे|तर उनीहरुको परिवार धान्ने त्यो पद्धतीले गुजारा नचल्ने अवश्थामा पुग्यो|बच्चाहरुको पढ्ने खर्चमा परिवर्तन हुनु नै त्यो अवश्था सृजित गराउने एउटै कारण थियो|सुरज सोह्र,सत्र पार गरेर अठार बसन्तको आगमनमा थियो|त्यसैले छोरालाई बिदेश पठाएर आर्थिक समस्याबाट मुक्त हुने सपना बुन्न थाले र त्यहि प्रकियामा लागे बा-आमा.....|

बा-आमाको निर्णयलाई स्वीकार्न वाध्य भयो सुरज..|तर जो वाल्यकाल देखि सगैँ खेले हुर्केकी,मनमुटुमा गासीँएकी तिनै ढुकढुकी श्रेयालाई कुनै जानकारी गराएको थिएन|बिदेश जाने सबै प्रकिया पुरा भई सकेको थियो|त्यसैले श्रेयालाई सधैँ भेट्ने सुनसान जंगलको एउटा ठुलो गुफाँमा भेट्ने सांकेतिक ईशारा दियो र दुवै त्यहाँ गए|तर सुरज निराश मुद्राँमा थियो|त्यसैले विल्कुल फरक सुरजको त्यो अवश्थालाई देखेर आश्चर्यचकित भइन्|मनमा शंकाका कौतुहलता जाग्न थाल्यो|एकै छिन पछि नम्र स्वरमा जीग्यासा जाहेर गरिन्|त्यही जिग्यासाको प्रत्युत्तरसगैँ सबै कुरा बतायो|तत्प्रश्चात श्रेयाले आशुँका थोपाहरु तप...तप... झारिन्|सुरज बिश्वाशका तथ्यहरु पेश गर्दै सम्हालिन आग्रह गर्दै थियो|सुरजको त्यो आग्रहले सम्हालिने प्रयत्न गर्दै थिईन् श्रेया...|र केहि समय छुट्टिनु पर्दाको पीडालाई संगाल्दै छिट्टै फर्कि आउने अनि सगैँ मर्ने सगैँ बाच्ने वाचा गर्दै त्यहाँबाट दुवै छुट्टीए|

आज पाचँ बर्ष भयो यसरी दुई प्रेमी वाचा गरेर छुट्टिएका| सुरज,घर देखि हिडेको एक वर्ष सम्पर्कमा थियो|त्यस यता सम्पर्क विहीन छ|दु:ख माथि दु:खका पीडा थोपरिदैँ गयो|वेखबर प्रवाशी छोराको पीरले बा-आमा कमजोर हुदै गए|पारिवारिक अवश्था दिनानु दिन नाजुक हुदै गयो|यस्तै दु:खका संघारमा चुनौतीलाई सामना गर्दै गुजारा चलाउन वाध्य भए|अनि श्रेया नितान्त एक्लोपनको अनुभुति गर्दै थिईन्|सुरज आउने प्रतिक्षाका तुनाहरु च्यातिदैँ गए|मन भित्र पलाई रहेका आशाका मुनाहरु समयको गतिसगैँ एक-एक मर्दै गए|तर विगतका एक-एक क्षणहरु नयनमा तरंगी रहे|त्यही तरंगीत क्षणहरुले जलेको मनलाई शान्ती दिलाउछे|सुरजका ति वाचा कसमका वाकहरु अनि विश्वासका वातहरुले मरेका आशाहरुलाई जगाउछे|र सुरजको यादमा भावविव्हल हुदैँ सुरज जरुर फर्कि आउछ भनि पर्खाइमै तपश्यारत छिन्|यसरी प्रतिक्षामै वहि रहेछ,गतिशिल समय..|छस...छस...छस...सेकेण्ड,मिनेट,घण्टा,दिन हुदैँ महिनौँ,अनि वर्षौँ....||

|||समाप्त|||

Friday, April 26, 2013

"रामकृष्ण"

घोचो

केहि भन्यो कि त आँसु झारी हाल्छे मोरी,
राम्रीछेस् मेकअप नगर भन्दा,मारी हाल्छे मोरी ।

छिनमै बेचेर खान्छे सोझा केटा पाए यस्ले
आँखा झिम्क्याई भने जालमा पारी हाल्छे मोरी ।

"रामकृष्ण"

Thursday, April 25, 2013

आँखामा तस्विर छरेर गयौ

गजल

आँखामा तस्विर छरेर गयौ
खाली यो मुटु भरेर गयौ ।

जीवनै बित्यो पर्खेर बस्दा
सागरै आज तरेर गयौ ।

बिस्तारै आशा फर्केर जाँदा
मनबाटै तिमी मरेर गयौ ।

आधार नै छैन बाँच्ने म अब
सर्बस्व सबै हरेर गयौ ।

कात्रोले बेरी लासमा मेरो
लाभा नै छरी झरेर गयौ ।

रामकृष्ण पौडेल अनयाँस
भरतपुर -१३, गजलकुन्
चितवन

Tuesday, April 23, 2013

नारी को पिंडा


गजल
नारी को पिंडा

म आफ्नै शरीर लिलामी गर्दै थिए जव
ईज्जत बेची उस्को चाहा भर्दै थिए जव ।

कुन नारीको रहर होला आफ्नै ईमान बेच्न
सुम्मे शरीर बाध्यतामा पर्दै थिए जव ।

अरुलाई मारि आफ्नो ईच्छा मेट्छन यहाँ
कराउदै पिडाले झन् मर्दै थिए जव ।

परिस्थिति भाग्य अनि कर्मले नै लुटेपछी
भोकाहरुको भोजन बनि छर्दै थिए जव ।

रामकृष्ण पौडेल अनायास
भरतपुर 13, गजलकुन्ज

Monday, April 22, 2013

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)



दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Wednesday, April 17, 2013

बिचरि सीता !




गजल

कलियुगमा राम बाँचेको भए के गर्थे होलान्
बिचरि सीता ! अहिले भए राम आफै मर्थे होलान् ।

अग्नी परिक्षा दिन्छु भन्दै थिईन सति साबित्री
कठै! अचेलका नारी देखेर छक्क पर्थे होलान् ।

अपहरण गरेकै भरमा रामण मर्नु पर्यो बरा!
आज सम्म भाको भए को को सँग लड्थे होलान् ।

धिक्कार छ तिमीलाई शंकाकै भरमा निकाल्यौ
यति बेला तिमी भए नारीले नै हर्थे होलान् ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज चितवन
अन्यथा नलिनु होला मात्र गजल हो ।

सल्लाह सुझावको अपेक्षा राख्दछु