Wednesday, November 21, 2012

खालि सिउदो सजाएर

मोहन रावल अनमोलोल
'अस्तु
____गजल________
खालि सिउदो सजाएर लाने रहरछ ...!!
सँगै पन्चेबाजा बजाएर लाने रहरछ ...!!

तिम्लाई डोलि चढाएर मँसिर लागे पछि
आगनिमा जन्ति नचाएर लाने रहरछ ।।

तिमि मेरीहौ तिम्रैहु धुर्ब सत्य कुरा
सुटुक्क डोलिमा बसाएर लाने रहरछ ।।

मान या नमान तिमि तिम्रो बिचार अब
अवश्य तिमिलाई हसाएर लाने रहरछ ।।

खालि सिउदो सजाएर लाने रहरछ ...!!
सँगै पन्चेबाजा बजाएर लाने रहरछ ...!!


____गजल________

बिलुप्त सप्ना थियो माथमा ताज थियो...!!
गतिलो आशमान थियो राज बिराज थियो...!!

फुललाई चुम्ला झै लाग्यो भमराले....
तिमि एक फुलहौ भन्ने मेरो अन्दाज थियो..!!

समय दौडियो तिमि बाट बाहिरिय ...!
नरोईबस मेरी सानु बिवस्त कामकाज थियो ..!!

हामि दुईलाई सँगै देख्न कहाँ सक्थे यहाँ...!
पापि नजर हामिमा तगरो यो समाज थियो ..!!

कस्ले पो सुनि दिन्थे यूगल जोडि कराएको ..!
भावहित चित्कार मग्द मुग्द आवाज थियो .!!

____गजल________


.झरेका आसुँ मेरै थिए, परेली तिम्रो भिजे पनि |
दुखेको मुटु मेरै थियो, काडां तिम्लाई बिजे पनि |


..लिफ्ट दिन्छ पराइ लाई, देश हांक्ने चालक ले,
गर्न हामी के नै सक्छौ?बैरी ले सिमा मिचे पनि|

 किन थुक निल्छौं तिमी? उसले एक्लै खायो भनी,
.ऐजेरु आखिर तितै हुन्छ, मिठो मानी घिचे पनि |
  
आफु गुलाम बन्छौँ बरु, देश गुलाम बन्न दिन्नौं,
..गोर्खे पो हौं हार खाँदैनौं, बज्रपात ले थिचे पनि |
  
..तिमी सँग जिस्किएर दुई चार कुरा बोल्दै मा,
फस्दैन भो यो मायालु,मोहनी जाल फिजे पनि |

घोचो


 योगेन ढोली
अरु लाई पत्रु समान्,मान्ने हरुको भिड् रैछ
आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ||

नाता बाद् कृपा बाद्को,क्षणिक पगरी गुथेर
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भिड् रैछ||

आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भीड् रैछ||

जहाँ कही महङ्गि छ


फुच्ची जमुना
जहाँ कही महङ्गि
फुट्पाथ पनि रङ्गि

हिजोको दामासायी हो
आज साहु ' जङ्गि

खै! तिहार 'को हो कि?
जता ततै रङ्गिचङ्गि

मखमलिले बाटो कुर्दै रे
सँगै कुर्ने टिका सप्तरङ्गि

चारैतिर झिलिमिलि देख्छु
तर आफ्नै मन बेरङ्गि

मेरो गगन

फुच्ची जमुना गजल
मेरो गगन उदास आजभोली
भन्दैन किन निराश आजभोली

हेरेर छायाँ कैयौ रात ढलेका छन्
देख्छु जुन हतास आजभोली

औसी साचि तस्विर छातिमा टास्दा
बेरङ्गिन छाति खास आजभोली

वास्ना नफैलिएको पनि निकै भयो
बगैचा भरि पलास आजभोली

हराउन खोज्छु तिम्रो सगर भित्र
प्रेमिल बतास आजभोली

कुनै कुनै मन


फुच्ची जमुना

कुनै कुनै मन किन यति निठुर हुन्छ
एकदिन दयावान जरुर हुन्छ

पिरती मामिलामा हिरासत पर्छ जब
तब कानुनी नजरमा कसुर हुन्छ

सबुत खोज्दै हिड्दा धमिराको पोलोभित्र
पाना नभेटेपछि कैद मज्दुर हुन्छ

तारिख झेल्दा झेल्दै थकित भएता पनि
कट्घरामा पुगेपछि महिसासुर हुन्छ

चिच्याउछ,कराउछ,कोलाहल् मच्चाउछ
सबुत बिना कसरी बेकसुर हुन्छ

एउटा घोचो लेख्ने प्रयास


Laxmi Chemjong
एउटा घोचो लेख्ने प्रयास
देशका नेताले बिगारे देश 

बिरोध मात्रैले नहुने सेश
जनता उठेर मैदान जाउ 

काटेर दलाली नेताका केश
बिरोध मात्रैले नहुने सेश

सल्लाह सुझावको अपेक्षा राख्दछु