Saturday, September 15, 2012

तिमी हाँस जिन्दगीभर



तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला
सुख पाउन महल ताक्यौ खरानि नै घसौंला

यो गरिबको माया अनि तिम्रो सुहाग दाँज्यौ भने
मलाई भन्नु के फरक मन बुझाउन हाँसौंला

यो जुनीमा आफनो भैनौ आँगालोमा ज्यूनु उसको
सँगै मिली सार्यौ पिपल छाडिान भन्दै भाचौला

अन्तिम इच्छा फूल आँसु मेरो लासमा चढाइदिन
तिनै फूल तिम्लाई दिन अर्को जन्म साँचौला

लासमा कात्रो ओढाउदा शंख फुकी नाँच तिमी
अन्तिम पटक हेर्छु अनि आफनै चिता कसौंला

रामकृष्ण पौडेलअनयाँस

पिरतिमा रंगभर्नलाई (घोचो)



पिरतिमा रंगभर्नलाई चासिंदैछ मन,
ताराजस्तै आकाशमा टांसिदैछ मन,

पुगेपनि सबथोक याहा नपुगेझैं किन,
डिलमा खडा मछु उता भासिंदैछ मन,

ताराजस्तै आकाशमा टांसिदैछ मन,
डिलमा खडा मछु उता भासिंदैछ मन

# वेद थापाबेहोशी

सपनै सपना (गजल)



सपनै सपना टुटुरे आयो
कसैको जवानि लुटेर आयो

खुशिको खबर केहि नि छैन
बेहोसि मात् बाट छुटेर आयो

मुस्कान उसैको देखेँ लजाएँ
अंगले अंगलाई चुटेर आयो

सोच्दै'थे अब नया दिन आए
निधारमा भाग्य फुटेर आयो

समर्पण जलेको देख्न चाहान्छु
भन्दै एक् जमात जुटेर आयो

खकेन्द्र साउद समर्पण
अछाम

उन्को मेरो बिचमा



उन्को मेरो बिचमा दिवार कुल घरान जात थियो
एउटै धुरी चुलो चोको आकाश पाताल बात थियो

जस्लाई जति लेखेको भाग्यको नै दोष भन्दै
उन्को महल मेरो सिङ्गो खुल्ला आकाश साथ भयो

किन फरक हाम्लाई प्रभु मुटु रगत एउटै हुँदा
जस्ले बाँध्यो यो नियमा उस्कै ठुलो हात भयो

के सोच्नु खै बाँच्दा कहित्यै, एक हुन नसकेको
मर्दा पछि जल्ने हाम्रो,भिन्ना भिन्नै घाट भयो

जन्मिदै खोट लाग्यो मैले छोको नचल्ने रे
हुने लाई परि आउछ मेरै संसार रात भयो

सल्लाह सुझावको अपेक्षा राख्दछु