Monday, September 1, 2014

मैले देखेको सपन


कविता
मैले देखेको सपना

म तिमि ले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुन्द्रको छाल झैँ
सुनामी बनेर
मस्तिस्क सम्म आइ पुग्दा
आँखाका ढकनिहरुबाट
एकाएक सपनाहरु बाहिरिदा
चरम बिन्दुमा पुगेका
मेरा बैसालु यौवनहरु
अकस्मात् बेखबर हुन्छन् /

आदि रातको मस्त निन्द्रामा
तिम्रो रहर र रहर संगै
तिमि भित्रको उज्यालो मुहार संगै
मेरा सपनाहरु दाँज्न
जबरजस्ती आँखा बन्द गर्दै
सोचिरहेको छु /

मैले देखेका आदि सपनाहरु
मस्तिस्कमा बन्द गरेर
भोलि देख्ने सपनाहरु संग
जोड्ने छु,
अनि पुरा गर्ने छु
चरम बिन्दुमा पुगेका मेरा चाहनाहरु
तिम्रो तलाउमा डुबुल्की मारी
एउटा गहिरो समुन्द्रको तिर्खा
पलभरमा सम्बोधन हुनेछ /
ए आदि रात हरु
अब प्रकाश संगै
प्रेमको बिहानी भएर आउ
सपनाहरु पुरा गर्नको निम्ति
कैयौ रातहरु संगै हराईसकेको छु,
अब बिहानी संगै आरम्भ गर्नेछु
अनि बनाउने छु वास्तविकताको महल /

रामकृष्ण पौडेल अनायास''''
कबिडाँडा ,भरतपुर



Thursday, August 28, 2014

गजल


सदनमा नया सरकारको कुरा उठाउदै छन् 
यता जनता पिडित लाइ राहात जुटाउदै छन्

दु;खी जनताको गुनासो लत्याउदै नेता
कुर्चिकै लागि आफ्नो पाटि फुटाउदै छन्

महंगीले आकास नाघि सक्यो मौन छ सरकार
कर्णाली भोकै छ तराई मधेस रुवाउदै छन्

गुण्डाको खेति गर्छन उठाउछन् चन्दा
घुस दिएर वकिललाई,अपराधि छुटाउदै छन्

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज भरतपुर

Wednesday, August 20, 2014

बिडम्बना

Kabita 

अन्धकारको पर्ढा ढाकिएपछि
म सिथिल हुन्छु र बाध्य बन्छु,
आफु शिथिल बनेर तिम्रो आवेगका
शक्ति संग म लड्न
मैले सकि नसकि सोध्नै पर्छ
युद्ध मैदानको सिपाही संग
''तिमि सन्तुष्टी छौ'' ?
घाइते शिकारको चित्कार सुनेर
उसलाई त्यो चित्कारको आवेगले
झन् शक्ति बढेको अनुमान गर्न सक्छु /

सास घाँटी सम्म नआउन्जेल
उसको पन्जा बाट पक्कै उम्कन पाउने छैन
अब म सबै शिथिल शरिर
उसकै भोकका लागि चढाउदै छु
जब म निर्जिव बन्छु
तव उसका मन भरिन्छ
अनि उ यसरि नै
अर्को शिकारको खोजीमा दौडिरहन्छ /

''अनायास'' भरतपुर-१३ कबिडाँडा

''रामु'' ले आज सागर तर्छु भन्दै थियो

रामकृष्ण पौडेल ''अनायास''

'रामु'ले आज सागर तर्छु भन्दै थियो
छिमेकि खुट्टा तान्ने योजना गर्दै थियो

दुनिया स्वार्थि बन्दैछ देख्दैछु अचेल
एउटा मरी राख्दा साथि पछि सर्दै थियो

बचाउन छाडेर आँखा लगाउदै छ
उल्टै शरिर छामछुम गर्दा उ मर्दै थियो

घुस नखाने को भेटिएला आखिर यहाँ
खाएरै पत्रकार उल्टो सूचना छर्दै थियो

निर्दोस जहिले पनि अपराधि ठहरिन्छ
न्यायधिस बाटै उल्टो फैसला बन्दै थियो
गजलकुञ्ज,

Sunday, July 13, 2014

Friday, July 4, 2014

मुक्तक


भगवान छन् कि छैनन् मन्दिर धाउने हरुलाई सोध्छु,
आज सम्म कसले देखेको छ भजन गाउने हरुलाई सोध्छु
कर्म नगरी फल कहाँ पाईन्छ र मेहनत गर्दै पर्छ भन्छु
मागेर कति चल्छ र पहेलो बस्त्र लाउने हरुलाई सोध्छु /
''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु