Monday, December 23, 2013

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु

गजल

गरिबको आँखा बाट आँसु झरीरहेको देख्छु
भोको पेटमा पानि भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अझै दु;ख देउ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

धनि हुन्थ्यो होला आँसुको मूल्य पर्ने भए आखिर
त्यो पियर नै उसको जिबन टरिरहेको देख्छु

बाँचुन्जेल ईज्जत बचाउनै पर्यो भन्दै उस्ले
यौटै बस्त्र सधै टाल्ने काम गरिरहेको देख्छु

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज

जिन्दगीका हर खुशि

मुक्तक 

जुन पठाईदिन्छु,तिमीलाई तारा पठाईदिन्छु
जिन्दगीका हर खुशि सारा पठाईदिन्छु /
तिमिपनि आउछ्यौ भने आउप्रिया मै संग
यहाँ सम्म आउने गाडी,भाँडा पठाईदिन्छु /

''अनायास''

Sunday, December 22, 2013

माया प्रेमको मामिला हो

शेरहरु

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

यादले बादी पोल्छ

मुक्तक

आगोले भन्दा यादले बादी पोल्छ
आँसु का ढिकाले हेर यहि बोल्छ
मूल्य हुदोहोत आँसुको धनि हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ
''अनायास''

आँसु बगाएको सम्झिन्छु

गजल

एक्लै बसी तिमी सँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासी रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर

गजल

केवल मायाको जोडी रम्ने एक सहर खोज्दैछु
दुवै हराउने यहाँ मिठो प्रहर खोज्दैछु

प्रेमको प्याला पिलाएर बचाउनेछु साथ दिन्छौ भने
मेरो आँखामा जुदाएर हेर्न सक्ने मिठो नजर खोज्दैछु

बसन्तमा फक्रिएको कोपिलाझै यौवन आखिर
रंगीचंगी पुतलीको उड्ने जस्तै लहर खोज्दैछु

बाँचुन्जेल यौटै मुटु अमर जोडी बनाउन
हाम्रो देह पछि पिरतीको बग्ने नहर खोज्दैछु /


रामकृष्ण पौडेल अनायास

गजलकुञ्ज, भरतपुर





सल्लाह सुझावको अपेक्षा राख्दछु