Thursday, December 13, 2012

गजल बैँश खोज्दै छु म !

कमल 'जलन आँशु'
बाबियाचौर 'चार' तिलकपुर सुर्खेत

उमेर छँदै घला को बैँश खोज्दै छु म 
धप्प जोवन बला को बैँश खोज्दै छु म

संगै जिउँला संगै मरौँला भनेर
असति ले गला को बैँश खोज्दै छु म

जति बेला निष्चल थिएँ त्यति बेला को
कसैले न चला को बैँश खोज्दै छु म

बैँश आयो गयो तर पत्तै पाईएन
उमेर ले छला को बैँश खोज्दै छु म

डाँडा माथी घाम छँदै होस पुर्याई न
समय ले ढला को बैँश खोज्दै छु म

न धन न कसैको मन संगै साँटियो
स्याहार गर्दै फला को बैँश खोज्दै छु म 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु