Thursday, December 13, 2012

देखाउन सकौं संसारमा..


Acharya  prabha 

देखाउन सकौं संसारमा सबले सद्भाव र सदाचार
पाउन सकौं मनुष्य चोला हर जन्म लगातार ।

मरेर आखिर लानु नै के छ? खालि हात शिवाय
असफल जूनी पाउन मात्र भयो र के आधार ?

संघर्ष सबले गर्न नै पर्छ सफलता पाउन
बाढी नै आइे बगाउन खोज्ला तर्नैपर्छ जँघार ।

मिलापी बनी बाँचेर आज हँसाउन समाज
बनेर शत्रु कसैलाई पनि नगरोस प्रहार ।

जीवन भन्ने पशुले पनि पाएकोछ लौ हेर
ती जिव मध्ये मानिस छ है सर्वश्रेष्ठ प्रकार ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु