Thursday, December 13, 2012

बिगार्यो


-गोबिन्द चन्द सोडारी'समर्पण' 
कालागाउं अछाम
हिड्दै थिए अध्यारो त्यो रातले बिगार्यो,..।
पिउदै गए बोतलको त्यो मातले बिगार्यो ।।

समाएर अङ्गालोमा बेरे पछि तीमले,..।
के के गर्यो जवानिमा हातले बिगार्यो ।।

खाए पछि धेरै बोल्ने तिम्रो बानि कस्तो,..।
बेहोसिमा के के बोल्यौ बातले बिगार्यो ।।

तिमि धनि म गरिब कस्तो अचम्म यो,..।
ठुलो सानो छुट्याउने जातले बिगार्यो ।।

माग्दै गए पढ्छु भनि मोज गरि गरी,..।
खादै सके पैशाको त्यो खातले बिगार्यो ।।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु