शान्ति अधिकारी
बाँके २..
पोखिएको तेल
सरी भयो जिन्दगी
,
खहरेको भेल
सरी भयो जिन्दगी
।
अघि पछि
मान्छेहरु देख्छु उभिएको ,
अपराधिको जेल
सरी भयो जिन्दगी
।
जुटे जस्तो
देखिएनी हुन्न जोडिएको ,
आकाश धर्ति
मेल सरी भयो
जिन्दगी ।
धन भएनि
मन भित्र शान्ति
नभएसी ,
पास हैन
फेल सरी भयो
जिन्दगी ।
आफ्नै कारण
सबै सामु आफै
लुटिदा ,
आत्मघाति खेल
सरी भयो जिन्दगी
।
No comments:
Post a Comment