Thursday, December 13, 2012

प्रदेशको जमिन दिन

प्रजित कुवँर एकल यात्री
थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला..

प्रदेशको जमिन दिन ढाल्नै गाह्रो ।
स्वदेशमा महङ्गी छाक टाल्नै गाह्रो ।

महङ्गीले आकाश छोयो गर्ने के..
घर परिवार जिबन सम्हाल्नै गाह्रो ।

दिनरात नभनी काम गर्यौ मरिमरी..
बच्दैन केही भोको पेट पाल्नै गाह्रो ।

अझ समयमा तलब दिन्न निर्दयीले..
अबुझ साउको मन पगाल्नै गाह्रो ।

रातदिन नभनी पशीन बगायो तर..
घर भने चुल्होमा आगो बाल्नै गाह्रो ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु