Thursday, December 13, 2012

हो कि जस्तो छ..



Suman raj  Shrestha
कुराले ऊ भगवान हो कि जस्तो छ
व्यवहार हेर्दा मसान हो कि जस्तो छ

धेरै अघि उसको घरमा चोर पसेथ्यो रे
चोरिएको उस्कै इमान हो कि जस्तो छ

केही पागलहरूले लेख्छु–लेख्छु भन्छ
सायद त्यो संविधान हो कि जस्तो छ

उधारो कारोबारले डुब्न लागेको
देश एउटा दोकान हो कि जस्तो छ

राष्ट्रियता खोजी गर्नु पर्यो भने अब
पुग्नुपर्ने हिन्दुस्तान हो कि जस्तो छ 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु