Thursday, December 13, 2012

रोएर भएन।


जवानी गयो, रोएर भएन।
नहुनु भयो, रोएर भएन।

यहि फूल मैले चढाएको थिएँ,
फ्याक्नु भो त यो, रोएर भएन।

सास रहेसम्म बाँचि दिनुपर्ला,
पर्खिन्छु म यो, रोएर भएन।

निकै दाग लाग्यो मेरो ईज्जत माथि,
अहँ जाँदैन यो, रोएर भएन।

भर्खर आएको भट्टीबाट 'निरज',
म जस्तै छ यो, रोएर भएन।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु