Thursday, December 13, 2012

सजाउछु आँखाको नानिमा

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

सजाउछु आँखाको नानिमा
लोभिए आज जोवनिमा ।

मुस्कानले ज्यानै मार्दै
फसायौ तिम्रो बानिमा ।

मातै मिठो पिरतिको
हराए मायाको खानिमा ।

तिर्खामेट्ने तिमि हुदा
के स्वाद त्यो पानिमा ।

मागेकोत दिन्छु भन्छ्यौ
भुलायौ फेरि कहानीमा ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु