Wednesday, August 29, 2012

सयपत्री फुल्दै होलान


आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान ।

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तीज अव
के कसरी मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।

पोहर साल त त्यस्तै भयो अर्को चोटि आउँछु भन्थे
यसपाली त आमा बैनी मेरै बाटो कुर्दै होलान ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु