Wednesday, August 29, 2012

माया गर्ने जोडीहरूको


माया गर्ने जोडीहरूको अचेल यहाँ जाम छ
उसैको हो संसार पनि जस्को धेरै दाम छ ।

फेसन हेर रातो कपाल कानमा मुन्द्रा केटाहरू
छोटो स्कट धेरै बिहे गर्नेहरूकै नाम छ ।

न पत्याउछन् आफूलाई न गरिन्छ लफडा नै
जाल झेल भ्रष्ट्रचार गर्नेको नै काम छ ।

के भ'का हुन् केटाकेटी कलेजको त कुरै छाड
क्लास हापी डेटीङ स्पोट मन्दिर अनि धाम छ ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु