Wednesday, August 29, 2012

बुद्ध

विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध
चन्द्र सूर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध ।

पुर्व सीता रुदै छन् रे, भारतले आगो झोस्दा
होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।

सोझा जन्ता भड्काएर सत्ता खाने निहुँले आखिर
देशमा गृह युद्ध फेरि, चल्दै छ रे बुद्ध ।

अनेक लोभ जालझेलको राजनीतिमा फेरि
संबिधानले यो चौधलाई छल्दै छ रे बुद्ध ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु