Wednesday, August 29, 2012

शान्ति अनि संबिधान

शान्ति अनि संबिधान नबनाउने भए आज
जे गरे नि भा'छ यिन्ले, जनताले सहे आज ।

खिचातानी तँछाड मछाड आफ्नै झोली भर्न मस्त
लात हान्ने नेपाललाई, भ्रष्ट मात्र रहे आज ।

हत्या हिंसा आतंक र कुर्चीकै छ खेल देशमा
सीता रोईन् बुद्ध भागे, लखेटेरै गए आज ।

कति बलिदान दिए गरिब जन्ता निमुखाले
सन्तान खोस्यौ भाग्य लुट्यौ भन्दै दुःख कहे आज ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु