Thursday, December 13, 2012

सजाउछु आँखाको नानिमा

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

सजाउछु आँखाको नानिमा
लोभिए आज जोवनिमा

मुस्कानले ज्यानै मार्दै
फसायौ तिम्रो बानिमा

मातै मिठो पिरतिको
हराए मायाको खानिमा

तिर्खामेट्ने तिमि हुदा
के स्वाद त्यो पानिमा

मागेकोत दिन्छु भन्छ्यौ
भुलायौ फेरि कहानीमा

भन्छ मनले...

Arjun Paudel
Pokhara

आज फेरी माया छुट्यो भन्छ मनले
एक्लै छाडी अन्तै जुट्यो भन्छ मनले

हाँसो खुसी सँग जीवन वित्ला भन्दा
सुख मेटी व्यर्थै लुट्यो भन्छ मनले

छाती खोली मायाकै वयान गर्दै गर्दा
सिसा सरी भाग्य फुट्यो भन्छ मनले

जुनी भर सम्म लाको प्रीर्तीले आखिर 
मुटु धुजा पारेरै चुट्यो भन्छ मनले 

कुनै कुनै मन..

फुच्ची जमुना

कुनै कुनै मन किन यति निठुर हुन्छ
एकदिन दयावान जरुर हुन्छ

पिरती मामिलामा हिरासत पर्छ जब
तब कानुनी नजरमा कसुर हुन्छ

सबुत खोज्दै हिड्दा धमिराको पोलोभित्र
पाना नभेटेपछि कैद मज्दुर हुन्छ

तारिख झेल्दा झेल्दै थकित भएता पनि
कट्घरामा पुगेपछि महिसासुर हुन्छ

चिच्याउछ,कराउछ,कोलाहल् मच्चाउछ
सबुत बिना कसरी बेकसुर हुन्छ

अजम्बरी प्रितको नाता..


Bishnu Sangroula
अजम्बरी प्रितको नाता,अर्कै सँग लायौ अरे
जनम जनम साथ दिने,कसम पनि खायौ अरे

खुशी मिलोस् सधैँ भरी,बधाई तिमीलाई 
खोजे जस्तै रोजे जस्तै,बर तिम्ले पायौ अरे

छुइन दुखि,खुशी मिल्दा, नी त्यसै गर्थे होला
कुरा काटी मेरो तिम्ले,उसकै गुनगान गायौ अरे

मेरो भन्दा धेरै माया,दियोस् उसले तिमीलाई
भुली सबै अतितहरु,उसकै पछी धायौ अरे

देख्ने सुन्ने भन्दै थिए,नदुखे झैँ गरी सुने
सम्झनामा भन्दै,उसको दिलमा छायौ अरे 

प्रदेशको जमिन दिन

प्रजित कुवँर एकल यात्री
थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला..

प्रदेशको जमिन दिन ढाल्नै गाह्रो
स्वदेशमा महङ्गी छाक टाल्नै गाह्रो

महङ्गीले आकाश छोयो गर्ने के..
घर परिवार जिबन सम्हाल्नै गाह्रो

दिनरात नभनी काम गर्यौ मरिमरी..
बच्दैन केही भोको पेट पाल्नै गाह्रो

अझ समयमा तलब दिन्न निर्दयीले..
अबुझ साउको मन पगाल्नै गाह्रो

रातदिन नभनी पशीन बगायो तर..
घर भने चुल्होमा आगो बाल्नै गाह्रो

गजल बैँश खोज्दै छु म !

कमल 'जलन आँशु'
बाबियाचौर 'चारतिलकपुर सुर्खेत

उमेर छँदै घला को बैँश खोज्दै छु  
धप्प जोवन बला को बैँश खोज्दै छु

संगै जिउँला संगै मरौँला भनेर
असति ले गला को बैँश खोज्दै छु

जति बेला निष्चल थिएँ त्यति बेला को
कसैले चला को बैँश खोज्दै छु

बैँश आयो गयो तर पत्तै पाईएन
उमेर ले छला को बैँश खोज्दै छु

डाँडा माथी घाम छँदै होस पुर्याई
समय ले ढला को बैँश खोज्दै छु

धन कसैको मन संगै साँटियो
स्याहार गर्दै फला को बैँश खोज्दै छु  

सल्लाह सुझावको अपेक्षा राख्दछु