Tuesday, November 27, 2012

भन्नलाई सजिलो...

       *सागर सिलवाल*
भन्नलाई सजिलो नै छ जे भनेनि भो 
निमुखालाई पुर्न अब खाल्टो खनेनी भो

हातमा शक्ति हुदा देखाउ रोक्छ कसले
मान्छेहरु हान्ने मात्तेको साढ़े बननी भो 

आफै सर्बे सर्बा अरु त केही हुदै होइनन
आफु हात्ती अरुलाई भुसुना गनेनी भो

ठुलो भएर के सानोमा पनि शक्ति हुन्छ
भुसुनो नाकमा पस्दा छटपटीएर कनेनी भो

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु