Tuesday, November 27, 2012

मेरा प्रेमिका


           ऋषिराम
          हाल मरुस्थल
गजल र कविता मेरा प्रेमिका ।
कल्पना र रमिता मेरा प्रेमिका ।1।

सधैं कर्तव्य पथतर्फ लम्काउने ,
शाहित्य सुधा र गीता मेरा प्रेमिका ।2।

दर्शनले मात्रै मन विनोद बन्छ ,
भावना र संहिता मेरा प्रेमिका ।3।

डर लाग्दैन कसैसँग अचेल ,
सत्य मृत्यु र चिता मेरा प्रेमिका ।4।

आऊ समाधिमा बसौं ऋषिसँगै ,
बन्छ अमृतका सिता मेरा प्रेमिका ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु