Tuesday, November 27, 2012

फूल भनि रोजेथेँ..

Shailendra Thapa

फूल भनि रोजेथेँ काँडा परेछ
बिझ्यो नराम्ररी दिलमै गढेछ!!

घाउ गहिरो किनपो थाक्थ्यो र
उकुच पल्टेर भित्र-भित्रै सडेछ!!

टन्कियो छाति ह्रिदयको घाउ
पाकेर पिपले सब जो भरेछ!!

घाउ ह्रिदयको खुर्कन सकिन
लाग्दैछ आज काललेपो धडेछ!!

कोही छ कि मनको उपचार गर्ने
डाक्टर वा धामि प्वाल जो परेछ!!

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु