Thursday, November 1, 2012

गोर्खालीका हीत हरु.


< गजल > 
अतित लिङ्देन ( सुब्बा )

चिनेकै छ संसारले गोर्खालीका हीत हरु ।
मेट्ने छैन इतिहास सहिदका जीत हरु ।।

अमरछ हामी सामु कथा अनि कविता त्यो।
भुल्नु हुन्न हामी कैले देश भक्ति गीत हरु।। 

सजिएर सान देउ ढाका टोपी चौबन्दीको ।
आफ्नै छन् परम्परा संस्कृती र रीत हरु ।।

एउटै छ नाता हाम्रो  हिमाल र तराईको ।
छुट्ने छैन कैले पनि , अजम्बरी मीत हरु ।।

आँखा बाट झरे आँशु थापी देउ अन्जुलीमा।
छल्किएर पोखी जाला बिहानीको शीत हरु।।

अतित लिङ्देन ( सुब्बा )
झापा

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु