Saturday, September 15, 2012

उन्को मेरो बिचमा



उन्को मेरो बिचमा दिवार कुल घरान जात थियो
एउटै धुरी चुलो चोको आकाश पाताल बात थियो ।

जस्लाई जति लेखेको छ भाग्यको नै दोष भन्दै
उन्को महल मेरो सिङ्गो खुल्ला आकाश साथ भयो ।

किन फरक हाम्लाई प्रभु मुटु रगत एउटै हुँदा
जस्ले बाँध्यो यो नियमा उस्कै ठुलो हात भयो ।

के सोच्नु खै बाँच्दा कहित्यै, एक हुन नसकेको
मर्दा पछि जल्ने हाम्रो,भिन्ना भिन्नै घाट भयो ।

न जन्मिदै खोट लाग्यो मैले छोको नचल्ने रे
हुने लाई त परि आउछ मेरै संसार रात भयो

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु