Sunday, September 23, 2012

नभुल सानु


गजल
रामकृष्ण पौडेल अनयास

म एक्लै कराए भने सोध्न नभुल सानु
अकस्मात हराए भने खोज्न नभुल सानु ।

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सानु ।

सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले
तिमि मन पराए भने सोच्न नभुल सानु ।

हर सारा धड्कन तिमि हौ भन्छु सबै माझ
गल्ति मैले गराए भने दोस्न नभूल सानु

बेहोसीमै अचेल सवलाई तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए भने घोच्न नभुल सानु ।

भरतपुर- 13,गजलकुन्ज चितवन

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु