Tuesday, September 18, 2012

अन्जान छु


हरि किशोर पौडेल 
स्यांग्जा, मल्यांग्कोट १
रामलीगाउँ, ज्यग्दी किनार
अन्जान छु रूपकै भरमा छानु कसोरी I
बिनासित्ति अर्कीलाई आफ्नो ठानु कसोरी I
१
लजाई-लजाई आँखा पल-पलमै जुधेपछी ;
को हो? को हो? पराया पनि मानु कसोरी I
२
हात समाई कुरा गरूँ दुनियाले देख्ने डर ;
परै बाट नयन भाका जानु कसोरी I
३
यति राम्री छे नि उ मेरो प्रसंसा सधै अपुरो ;
ए हजुर उस्कै पछि लाग्छ मन धानु कसोरी I
४
अचेल, शाथी भन्दै छन् दुब्लाउदै छस हरि ;
उस्कै यादले पिरोल्छ त खानु कसोरी I
५

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु