Tuesday, August 28, 2012

तिजको विलउना










पोहर साल आएन भाइ अहिले लिन पठाउ आमा
घरमै बसी तिजको दिन कसो गरी कटाउँ आमा ।

रातो साडी रातो पोते साईली माईली आँगनीमा
तेरा माईती खोई भन्दा के भनेर बताउँ आमा ।

तिम्रो उमेर भरे-भोलि दाजुभाइ बिदेशतिर
मन बुझाउने ठाउँ पाईन के गरेर खटाउँ आमा ।

दिदी बैनी घरका सबै जम्मा हुँदै खाँदा आखिर
अँगेनाको छेउमा राखी भन्थे घिउ तताउ आमा ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु