सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Monday, April 29, 2013

तिम्लाई सुख परोस् प्रिय ।

गजल

जति मैले गर्थे माया,उस्ले पनि गरोस् प्रिय
बिछोड हुदा दुख्छ थाति तिम्लाई सुख परोस् प्रिय ।

जव बिर्सु भन्दा पनि याद आउछ कसो गरु
आखिर मलाई बिर्साउने तिम्लाईमाया भरोस् प्रिय ।

गुनासो केही छैन मेरो पराईको भयौ भनि
हाँसी खुशि तिम्रो जीवन सयौँ जुनी तरोस् प्रिय ।

मेरो मुटु टुक्रायर अरुकै भर पर्दा तामी
तिम्ले सुख पाउँछ्यौ भने मेरै आँसु झरोस् प्रिय ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर 13,गजलकुन्ज

Sunday, April 28, 2013

कथा~~~{प्रतिक्षारत समय}~~~


                                                             रुपेश "अनमोल" फत्र

                                                                         कथा

                                                     ~~~{प्रतिक्षारत समय}~~~

     सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया...|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन गर्न देखि आवत-जावत गर्नमा कसैको हस्तक्षेप थिएन|कुनै जानकार घटनालाई तत्काल एकापसमा शेयर गर्थे|ता की साना-तिना पारिवारिक कुरालाई पनि...|तर...श्रेयाको पारिवारिक आर्थिक अवश्था सुरजको भन्दा केहि सम्पन्न थियो|वा-आमाले बजारबाट अनेक किसिमका खेलौना अनि मिठा-मिठा खानेकुरा ल्याई दिन्थे|र खुशि हुदैँ सुरजलाई बोलाई बाडी खान कञ्जुस्याई गर्दिनथिन् श्रेया...|

घासँ दाउरा गर्दा पनि सगैँ जान्थे|खेल्दा,घासँ दाउरा गर्दा एकापशमा जीस्कीने गर्थे|यसरी नै एक दिन सुरज श्रेयासगँ जीस्कीने क्रममा काउकुती लाउदैँ हातहरु श्रेयाको शरिर भरी फिजाई रहेथ्यो|अनि श्रेया पनि सुरजका हातहरुलाई प्रतिकात्मक गर्दै मुस्काई रहेकी थिईन्|दुवै वाल्यावश्थाबाट यौवनावाश्थामा प्रवेश गर्दै थिए|शायद,त्यसैले होला सुरजका हातहरु आफ्नो कोमल शरिरको कुनै अंगहरुमा पर्दा नौलो अनुभुत गर्दै थिईन् श्रेया..| अनि सुरज पनि एकोहोरो श्रेया माथि आक्रामक हुदै थियो|निरन्तर सुरज श्रेया माथि जिस्कीदैँ झम्टी रहेको थियो|तर अकस्मात,झम्टीने क्रममा सुरजको बललाई थेग्न नसकेर श्रेया भुईमा बजारिन् र सुरज पनि...| निकै वेगले भुईमा दुई जनै हुतिन्दा श्रेया मुनि र सुरज श्रेयाको कोमल पाउँ माथि पर्न पुगे|वरिपरि सुनसान घनाजंगल थियो|चराचुरुङ्गीको चिरचिर आवाज मात्र सुनिन्थ्यो|यस्तो शुन्य परिवेशमा अनि चरम यौवनावाश्थाका दुई केटा केटि बिच वाह्य शारिरीक स्पर्ष हुदाँको सन्तुष्टीले शायद,थोरै चोटहरुले कुनै प्रवाह गरेनन्|भर्खर यौवनावाश्थामा प्रवेश गरेका श्रेया र सुरजलाई यहि शुन्य,शान्त र एकान्त वातावरणमा अकस्मात सृजित भएको अवश्थाले नौलो साईनो स्थापित गराउन प्रेरित गरायो|यसरी दुईको शारिरीक स्पर्षले दुवैलाई यौन उत्कर्षमा पुर्यायो|र त्यही क्षणबाट उनीहरुको मित्रता आत्मीयतामा परिणत भयो|त्यस पछि निरन्तर त्यो आनन्दको फाईदा उठाई रहे|

समय आफ्नै गतिमा बहिरहेथ्यो|उनीहरुको सम्बन्ध प्रगाढ बन्दै गयो|तर दुनियाँ अनभिग्य नै थिए|समयको चक्र सगैँ दुईको भौतिक शरिर हृष्टपुष्ट हुदैँ गयो|अनि गोप्य सम्बन्ध/आत्मीयता पनि निरन्तर कायम राखे|अब त ईशारा नै काफि थियो| ता कि एकले अर्कालाई आवश्यकता महशुष गर्ने बितीक्कै ईशाराले पुर्ति दिलाउथ्यो|त्यो ईशाराले नै कुनै सुनसान ठाउँमा भेटाउथ्यो|जहाँ शुन्दर भविष्य बारे अनि आफुहरुको गोप्य सम्बन्धलाई कोहि कसैले सुईको पाउन सक्ने सम्भावना प्रति एकापशमा सचेतता अपनाउथे|

कमजोर आर्थिक अवश्थाको कारणले सुरजको पारिवारिक व्यावहार धान्न मुश्किल हुन थाल्यो|रात दिन मेला पातमा बा-आमा संघर्ष गरी रहेथेँ|बिहान बेलुका आफ्नै गाई बस्तु हेरचाह गर्थे,अनि दिनमा शाहुकोमा अन्नबोनी गर्न जान्थे|दिन भरी काटाकोदालो गरे वापतको ज्याला धान,कोदो,मकै जे भने नि चार माना देखि पाथि सम्म मिल्थ्यो|त्यहि दिन भरीको कमाईले नै बिहान बेलुकाको छाक टार्ने गर्थे|अनि घर पालुवा कुखुरा,बाख्रा आदी बिक्री गरेको नगदले बालबच्चाको लाउने देखि कापी कलममा लाग्ने खर्चमा सदुपयोग गर्थे|तर उनीहरुको परिवार धान्ने त्यो पद्धतीले गुजारा नचल्ने अवश्थामा पुग्यो|बच्चाहरुको पढ्ने खर्चमा परिवर्तन हुनु नै त्यो अवश्था सृजित गराउने एउटै कारण थियो|सुरज सोह्र,सत्र पार गरेर अठार बसन्तको आगमनमा थियो|त्यसैले छोरालाई बिदेश पठाएर आर्थिक समस्याबाट मुक्त हुने सपना बुन्न थाले र त्यहि प्रकियामा लागे बा-आमा.....|

बा-आमाको निर्णयलाई स्वीकार्न वाध्य भयो सुरज..|तर जो वाल्यकाल देखि सगैँ खेले हुर्केकी,मनमुटुमा गासीँएकी तिनै ढुकढुकी श्रेयालाई कुनै जानकारी गराएको थिएन|बिदेश जाने सबै प्रकिया पुरा भई सकेको थियो|त्यसैले श्रेयालाई सधैँ भेट्ने सुनसान जंगलको एउटा ठुलो गुफाँमा भेट्ने सांकेतिक ईशारा दियो र दुवै त्यहाँ गए|तर सुरज निराश मुद्राँमा थियो|त्यसैले विल्कुल फरक सुरजको त्यो अवश्थालाई देखेर आश्चर्यचकित भइन्|मनमा शंकाका कौतुहलता जाग्न थाल्यो|एकै छिन पछि नम्र स्वरमा जीग्यासा जाहेर गरिन्|त्यही जिग्यासाको प्रत्युत्तरसगैँ सबै कुरा बतायो|तत्प्रश्चात श्रेयाले आशुँका थोपाहरु तप...तप... झारिन्|सुरज बिश्वाशका तथ्यहरु पेश गर्दै सम्हालिन आग्रह गर्दै थियो|सुरजको त्यो आग्रहले सम्हालिने प्रयत्न गर्दै थिईन् श्रेया...|र केहि समय छुट्टिनु पर्दाको पीडालाई संगाल्दै छिट्टै फर्कि आउने अनि सगैँ मर्ने सगैँ बाच्ने वाचा गर्दै त्यहाँबाट दुवै छुट्टीए|

आज पाचँ बर्ष भयो यसरी दुई प्रेमी वाचा गरेर छुट्टिएका| सुरज,घर देखि हिडेको एक वर्ष सम्पर्कमा थियो|त्यस यता सम्पर्क विहीन छ|दु:ख माथि दु:खका पीडा थोपरिदैँ गयो|वेखबर प्रवाशी छोराको पीरले बा-आमा कमजोर हुदै गए|पारिवारिक अवश्था दिनानु दिन नाजुक हुदै गयो|यस्तै दु:खका संघारमा चुनौतीलाई सामना गर्दै गुजारा चलाउन वाध्य भए|अनि श्रेया नितान्त एक्लोपनको अनुभुति गर्दै थिईन्|सुरज आउने प्रतिक्षाका तुनाहरु च्यातिदैँ गए|मन भित्र पलाई रहेका आशाका मुनाहरु समयको गतिसगैँ एक-एक मर्दै गए|तर विगतका एक-एक क्षणहरु नयनमा तरंगी रहे|त्यही तरंगीत क्षणहरुले जलेको मनलाई शान्ती दिलाउछे|सुरजका ति वाचा कसमका वाकहरु अनि विश्वासका वातहरुले मरेका आशाहरुलाई जगाउछे|र सुरजको यादमा भावविव्हल हुदैँ सुरज जरुर फर्कि आउछ भनि पर्खाइमै तपश्यारत छिन्|यसरी प्रतिक्षामै वहि रहेछ,गतिशिल समय..|छस...छस...छस...सेकेण्ड,मिनेट,घण्टा,दिन हुदैँ महिनौँ,अनि वर्षौँ....||

|||समाप्त|||

Friday, April 26, 2013

"रामकृष्ण"

घोचो

केहि भन्यो कि त आँसु झारी हाल्छे मोरी,
राम्रीछेस् मेकअप नगर भन्दा,मारी हाल्छे मोरी ।

छिनमै बेचेर खान्छे सोझा केटा पाए यस्ले
आँखा झिम्क्याई भने जालमा पारी हाल्छे मोरी ।

"रामकृष्ण"

Thursday, April 25, 2013

आँखामा तस्विर छरेर गयौ

गजल

आँखामा तस्विर छरेर गयौ
खाली यो मुटु भरेर गयौ ।

जीवनै बित्यो पर्खेर बस्दा
सागरै आज तरेर गयौ ।

बिस्तारै आशा फर्केर जाँदा
मनबाटै तिमी मरेर गयौ ।

आधार नै छैन बाँच्ने म अब
सर्बस्व सबै हरेर गयौ ।

कात्रोले बेरी लासमा मेरो
लाभा नै छरी झरेर गयौ ।

रामकृष्ण पौडेल अनयाँस
भरतपुर -१३, गजलकुन्
चितवन

Tuesday, April 23, 2013

नारी को पिंडा


गजल
नारी को पिंडा

म आफ्नै शरीर लिलामी गर्दै थिए जव
ईज्जत बेची उस्को चाहा भर्दै थिए जव ।

कुन नारीको रहर होला आफ्नै ईमान बेच्न
सुम्मे शरीर बाध्यतामा पर्दै थिए जव ।

अरुलाई मारि आफ्नो ईच्छा मेट्छन यहाँ
कराउदै पिडाले झन् मर्दै थिए जव ।

परिस्थिति भाग्य अनि कर्मले नै लुटेपछी
भोकाहरुको भोजन बनि छर्दै थिए जव ।

रामकृष्ण पौडेल अनायास
भरतपुर 13, गजलकुन्ज

Monday, April 22, 2013

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)



दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Wednesday, April 17, 2013

बिचरि सीता !




गजल

कलियुगमा राम बाँचेको भए के गर्थे होलान्
बिचरि सीता ! अहिले भए राम आफै मर्थे होलान् ।

अग्नी परिक्षा दिन्छु भन्दै थिईन सति साबित्री
कठै! अचेलका नारी देखेर छक्क पर्थे होलान् ।

अपहरण गरेकै भरमा रामण मर्नु पर्यो बरा!
आज सम्म भाको भए को को सँग लड्थे होलान् ।

धिक्कार छ तिमीलाई शंकाकै भरमा निकाल्यौ
यति बेला तिमी भए नारीले नै हर्थे होलान् ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज चितवन
अन्यथा नलिनु होला मात्र गजल हो ।

Tuesday, April 16, 2013

आकाश बाटै तिम्रो बाटो पर्खन्छु म तारा बनि



गजल

आकाश बाटै तिम्रो बाटो पर्खन्छु म तारा बनि
नआउन्जेल हेरी बस्छु ,तिम्रो भानु प्यारा बनि ।

पिरतिका कुरा गर्दा अँगालोमा कस्ने धोका
उजाडियो मेरो संसार हेर्छु बेसाहारा बनि ।

रात कट्य़ो आखिर पिडा खटाएरै आज
छट्पटाउँदै हेर्छु बाटो दुनियाको बिचारा बनि ।


भिजाउछु आँसुले भुँई बिहानीको सित बन्दै
भाग्य आफै लुटिएको यस्तो कर्महारा बनि ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन

Saturday, April 13, 2013

गजलका थुँगाहरु श्रृंखला– पाँच (नववर्ष विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम 
"गजलका थुँगाहरु"  
अर्जुन पौडेलका परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखलापाँच
कार्यक्रम प्रस्तोता दोय :-
रामकृष्ण अनायास फुच्ची जमुना 
मितिः२०६९।१२।३१ शनिवार 
नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावलीअसफल प्रेमीको आवाज सहित  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

 

Friday, April 12, 2013

नववर्ष २०७० को मंगलमय शुभकामना


      याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू , हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , तर मित्रताको ढोका बन्द नगर्नू यहि छ मेरो सुभकामना
नववर्ष २०७० को पावन अवसरमा सुख, शान्ति, दिर्घायु तथा अमनचयनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
( रामकृष्ण पौडेल "अनयास")

Thursday, April 11, 2013

*** गजल ***

*** गजल ***

आरोप लगाउनेलाई अभियोग लगाउनु पर्छ
दोषि अनि हत्यारालाई गाउँबाटै भगाउनु पर्छ ।

अन्धबिश्वास रुणिबादि चलाउने नाईके अब
ज्यानमारेको मुलुकि ऐन दफा अठ्ठाईस चखाउनु पर्छ ।
क्रमश
रामकृष्ण अनया

लघुकथा



लघुकथा


                म ओछ्यानमै हुन्छु जब बाटोमा मधुमेह र उच्चरक्तचाप ले ग्रसित ब्यक्तिहरु मर्निङवाक गरिरहदा।
साँझमा अफिसबाट फर्कदै थिए तिनै ब्यक्तिहरु नजिकैको भट्टीमा चर्का चर्का आवाजमा हातमा रक्सीको चुस्कि लिदै भन्दैथिए " आफु त बिहानको छाक खाईदैन बेलुकि सुगर बढ्ला भनेर रोटि खाईन्छ ।

( लघुकथा ) दुईसय ज्याला









लघुकथा (दुई सय ज्याला)

      एकहुल कलेजका पोषाक लगाएका बिध्यार्थिहरु लाठी र रड हातमा बोकेर सडकमा चर्का नारा लगाउदै थिए ।त्यसमध्ये बाटै कोही ले कराउदै थिए आजको बन्द सफल पार्नुपर्छ,दुईचार जनाको हातखुट्टा भाँच्नु पर्छ एकदुई वटा मोटरसाईकल जलाएर आगो ताप्नुपर्छ,वास्तवमा आदिपेट खाएर आफ्ना हजारौ आवश्यकता लाई पन्छाएर मुटुमाथि ठुलै ढुंगा राखि पसिना र रगत बगाएर जम्मागरेको पैसाको खुत्रुके फोरेर आदि किस्ता गरि बैँक बाट निकालेको त्यो साधन ! अनि आफ्नो सपना र उधेश्यको गन्तब्यमा हिडेका ति यात्रुहरु बिचैमा पानि सँग पाउरोटी चपाउदै घरको पिँडिको कोर्कोमा दुधदानिबाट दुध चुसीरहेका छोरा छोरीको अनुहार संझिदै कुक्क कुक्क घाँटीमा अड्किएको बुझो पानिसँग भोक र तिर्खा मार्न घुटुक्क पार्छन् ।

      त्यसदिनको बन्दको समय अवधि सकिन्छ अनि बन्दकर्ता बेलुका नेताको घरमा पुग्छ "नेता जी आजको बन्द पुर्णरुपमा सफल पारियो तपाईको राजनिति सफलभयो मेरो ज्याला दिनुस् त,"आखिर ज्याला लिदै नेतासँग गुनासो पोख्दै थियो " नेता जी गाउँछाडेर शहरपसे हातमा पढेका कागजपत्र बोकेर आए तर यो सहरको प्रत्येक अफिसको ढोका धाए जताततै घुसखोरी,चाकडी नाताबाद,कृपावाद,सोर्स, फोर्स तर त्यो मध्ये मेरो केहि कुराले भेटेन त्यसैले यो पेशा अंगालेको हुँ ", तपाईले पनि जम्मा दुईसय दिनुहुन्छ ज्याला तर तपाईको यो नजिकै बाँधिएको कुकुरलाई आहारा एकचोटिमा दुईसयको दिनुहुन्छ ।

लेखक रामकृष्ण "अनयास"
गजलकुन्ज,भरतपुर
(कथामा ब्याकरण मिलाईएको छैन)

Tuesday, April 9, 2013

गजलका थुँगाहरु भाग–४


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला -4
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-28)
नमस्कार साथीहरु, आज मिति 2069-12-28 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।



तिम्ले घुम्टो ओढ्दा खेरी

*** गजल ***

तिम्रो बिहे मेरो मरण छिट्टै हेर्ने तयारि छ 
तिम्लाई जन्ति मलामीले मलाई घेर्ने तयारि छ ।

सिरमा सिँन्दुर रातो साडी तिम्ले घुम्टो ओढ्दा खेरी
मोठमा राखि मलाई सेतो, बस्त्र फेर्ने तयारि छ ।

सुन चाँदी फूलमालाले तिम्रो डोली रंगाउदा
रामनामी ले अब मेरै शरिर बेर्ने तयारि छ ।

नौमतिमा सजाएर पराईले लादा उता 
शंख फुक्दै यता आखिर बाटो केर्ने तयारि छ ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज ,भरतपुर चितवन

Sunday, April 7, 2013

तारिक धाउँदै छु

आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
पत्र काटी बोलाउदा अदालतमा आउदै छु

हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन
सबुत प्रमाण प्रेम पत्र एक एक गरी पाउँदै छु

कट्घरामा उभ्याएर दुधको दुध छुट्टा भन्छन्
गीता भाकी बेकसुरी बयान सबै गाउँदै छु

फैसलामा मन चोर्ने अपराधी हो भन्दै
पत्रिकाको पहिलो पेचमै चारैतिर छाउदै छु

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

अभागीको संसार

आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पिर ब्यथा मनका कस्ले, सुन्छन् अभागीको ।

जो ओराली लागेको छ त्यसैलाई खेद्दै सबले
बिना काममा फसाउँदैजाल, बुन्छन् अभागीको ।

लात मार्दै दबाउछन् निर्दो हार्नै पर्ने आखिर
अन्यायमा बोल्ने मुख थुन्छन् अभागीको ।

संसारको रीतै यस्तै कस्लाई दोष दिनु यहाँ
चोट दिदै घाउ बिचमै, छुन्छन् अभागीको ।

के दिन्थे र गरी खान जलाउछन बस्ती सारा
भएको त्यै भाग्य पनि धुन्छन् अभागीको ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-१३, कैलाशनगर चितवन
गजलकुन्ज

निकास लिई आउँछु

पर्ख आमा एउटा म निकास लिई आउँछु
बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु ।

आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा
कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु ।

अन्याय र अत्याचारले सीमा नाग्दै जादा आखिर
भ्रष्ट्र जाली खेद्न जन, मास लिई आउँछु ।

मुक्ति म दिलाउँछु बाँधिएको जन्जिरबाट
त्यति बेला खुशी हर्ष उल्लास लिई आउँछु ।

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

प्रेम पत्रको खात तिम्रो

चाँद खोज्दैछ आज अन्धकारमा साथ तिम्रो
उता जुन टुलुटुलु हेरि सुन्छ, बात तिम्रो

स्वयम तिमी चम्कन्छौ अँधेरी यो प्रहरमा
प्यारले जगत उज्यालो दिन्छौ कस्तो मात तिम्रो

ढल्छ किरण बिहानीको क्षितिजपारि सानो गाउँमा
अनि खोतल्छु एक्लै प्रेम पत्रको खात तिम्रो

म पनि संसार भुल्छु तिम्रो साँझको आगमनमा
किनकि मेरो स्पर्षमा साथ हुन्छ माथ तिम्रो

प्राणनै हर्छौ म खप्न सक्दिन धेरैबेर
जब मेरो शरीरलाई सुमसुम्याउँछ हात तिम्रो

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

चन्द्र सुर्य ढलेको देखेँ

सपनिमा चन्द्र सुर्य ढलेको देखेँ
आफ्नै देश आज आखिर जलेको देखे ।

बुद्ध बेचे मेचि कोशि तराई टुक्रा पारौ भन्दा
भागबन्डा नमिलेसि आगो बलेको देखेँ ।

लुछाचुडी बन्द जामले अर्थतन्त्र सुक्न लाग्दा
नेपाल भित्र बिदेशीको झन्डा गडेको देखेँ ।

छट्पटाउँछु तड्पीन्छु लुटीएको देख्दा खेरि
मातृभुमि नेपाल आमा मैले गलेको देखेँ ।

गजलकुन्ज ,चितवन
रामकृष्ण अनयास
गजल
रामकृष्ण पौडेल "अनयास"

आफ्नो डोली आज आफै पराईलाई आन्माउनु
ठुलो घरमा सुखी संसार उस्कै सन्तान जन्माउनु ।

समाजले केही गरि दोषि तिम्लाई ठान्यो मने
मेरै बद्नाम गरि आखिर नाम तिम्ले कमाउनु ।

सँगै ज्युने मर्ने वाचा ,कसम सवै तोडेपनि
अतित सारा बिर्सिएर सुहाग सँग रमाउनु ।

म बियोगमा छट्पटिदै प्रण त्याग गर्दा खेरी
ब्रत बस्दै स्वामी,सिंन्दुर,सौभाग्यलाई लम्माउनु ।

अन्तिम चोटी तुलसीको पानि मुखमा पर्दा मेरो
तिम्रो चिनो फिर्ता गर्छु मलाई आई संम्झाउनु ।

भरतपुर- 13, गजलकुन्ज चितवन

पलपल आँशु

पलपल आँशु झार्दै, हाँस्ने कतिन्जेल?
भोली-पर्सी गन्दै औँला,भाँच्ने कतिन्जेल?

घामपानीको केको मतलब,ज्यानै गएपनि
बिना संगीत बालुवामा नाच्ने कतिन्जेल?

रित्तै आउने,रित्तै जाने,चलन रहेपनि
बैशाखीकै भरमा जीवन,साँच्ने कतिन्जेल?

भोली-पर्सी गन्दै औँला,भाँच्ने कतिन्जेल?
बिना संगीत बालुवामा नाच्ने कतिन्जेल?

Shubhalaxmi Vehicle
bedraj bastola from solukhambu

स्मृतिका छालहरु

गजल
बिलाएर जान्छ आफै के गर्नु र शीतका कुरा
अंगालोमा कसि गरौ माया अनि प्रीतका कुरा ।

तिम्रो देख्न पाउछु भने खुशि अनि मुस्कानहरु
हारि दिन्छु मैले सँधै तिमि गर्नु जितका कुरा ।

मधुरबोलि ओठमा हाँसो कसो गरि गरुँ बर्णन
तिमिनै हौ मेरो मनको सिर्जना र गितका कुरा ।

आँखा भरि नअटाउने स्मृतिका छालहरु

सुनाउछु रहर अनि नपूगेका धितका कुरा ।

रामकृष्ण "अनयास"
गजलकुन्ज 

पिरतिको मामिलामा हिरासतमा परिछौ रे

गजल

पिरतिको मामिलामा हिरासतमा परिछौ रे
उल्टै उस्को कसुर भन्दै निवेदन गरिछौ रे ।

पत्र काटिन्छ तिम्रो नाममा,अदालतको बयानले
हार्छु मुद्दा भन्दै फेरि सर्वोच्चमै सरिछौ रे ।

हिम्मत जुटाएर कट्घरामा पुग्दा खेरि
सबुत प्रमाण देखाउदै एक्लै आज लडिछौ रे ।

मुद्दा पल्टिन्छ तिम्रो नाममा ,पेटको चिनो देखाउदा
हत्कडी लाग्ने डरले हातमा, वकालत अरिछौ रे ।

जव कानुनि नजरमा "फुच्ची" निर्दोष ठहरिन्छे
एक्कासि सुन्दा खुशिले छाँगा बाट खसिछौ रे ।

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज,चितवन

तिम्रौ कारणले मन आज भाँडिएको हो




तिम्रौ कारणले मन आज भाँडिएको हो
अनियन्त्रित भइ एकाएक छाडिएको हो ।

म त भन्छु अझैपनि केहि बिग्रेको छैन
भन्दिउँला नियतिले नै यस्तो पारीएको हो ।

म ईमान्दार थिए जव तिम्रो यौवन देखेपछि
खोल्दिन भन्दाभन्दै पनि बस्त्र काडिएको हो ।

अबुझ भन्थे तिमि म चरम बिन्दुमा पुग्दा
आखिर उत्तेजना बढ्दा समय सारिएको हो ।

रामकृष्ण पौडेल"अनयास"

मेरै यादले सपनिमा कराउँछ्यौ रे अचेल

*** गजल ***

मेरै यादले सपनिमा कराउँछ्यौ रे अचेल
लेक बेशीं गर्दा गर्दै टोलाउँछ्यौ रे अचेल ।

बिछोडको बियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउँदा तस्बिर हेरी हराउँछ्यौ रे अचेल ।

दोबाटोमा पर्खिएर ओठमा मुस्कान छर्दै बसी
रुदा रुदै मन सानो गराउँछ्यौ रे अचेल ।

भोकै छौ भन्दा सुन्छु, चिन्ता पिरले सताएर
याद र आँसु खालि पेटमा भराउँछ्यौ रे अचेल ।

यो दुःखीको संसारमा तेरो बास भए प्रभु !
भेट गराईदे भन्दै आखिर फराउँछ्यौ रे अचेल ।

रामकृष्ण पौडेल"अनयास"

Saturday, April 6, 2013

तिर्खाएको तिम्रो प्यासको पानि बन्छु भन्थ्यौ



गजल

तिर्खाएको तिम्रो प्यासको पानि बन्छु भन्थ्यौ
संसार देख्ने त्यो आँखाको नानि बन्छु भन्थ्यौ ।

पबित्र छ मुटु मेरो नारायणिको जल जस्तै

त्यसैले त चोखो मनको खानि बन्छु भन्थ्यौ ।

उमेर बैंश जोवन मेरो बढ्दै गएपनि
त्यो दिलमा अटाउने सानि बन्छु भन्थ्यौ ।

ईमान्दार छु जे भने नि सबै मान्छु भन्दै
साँच्चै अब सबै भन्दा ज्ञानि बन्छु भन्थ्यौ ।

दैब पनि हार खाओस् हाम्रो जोडी देख्दा
तिमि बन राजा आखिर रानी बन्छु भन्थ्यौ ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन

उपकारी ब्यक्ती सधै झुकेको देख्छु

 गजल

उपकारी ब्यक्ती सधै झुकेको देख्छु
अस्तित्व बिर्सनेहरु आफै चुकेको देख्छु ।

अचेल अरुलाई मान्छे गन्दैनन् यहाँ
त्यस्ता गल्ली र चोकमा भुकेको देख्छु ।

गुन लाउनै हुदैन उल्टै जरो खन्छन्
सोझा र निर्धोलाई झन थुकेको देख्छु ।

दुःख नगरी अर्कैको खानपाए खान्छन्
कुकुरले झै अरुकै ढोका ढुकेको देख्छु ।

गजलकुन्ज,भरतपुर
रामकृष्ण पौडेल"अनयास"

आँशु

आँशु 

हे गरिबका आँखाहरु तिमी कति अभागी रहेछौ
म भेल बनेर तिम्रो दुःख टुलुटुलु हेरीरहेको छु
तिम्रो हरेक पिडा र मर्मलाई म बुझ्छु र त खट्न सक्दीन
अनि छाल झै उर्लन्छु ।
म दुःखीकै संसारमा बास लिन्छु,
मेरो पनि कर्मै खोटो
कहिले काँही त ति शहरको महलमा सुनका बिछ्यौनामा बास बस्नेको आँखामा रमाउन पाए
अचम्म हुने थियो
धन हुनेले पनि आँशु बगाउदा रहेछन् ।

रामकृष्ण पौडेल "अनयास"


                            सत्य कथा


(बिदेशीएकि चोलिको जिवनमा आधारित सत्य कथा )

                              (पात्रको नाम परिबर्तन )


        उ नारायणीको पानी जस्तै पबित्र थिई तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ति आबोध अनि अबला नारि माथिको चरित्र हत्या गर्ने कोषिश गर्दैछ रुबिन ।


कुरा सायद 2064 सालको हुनुपर्छ आँखाभरी टिलपिल आँशु अनि ति तोतेबोली बोल्दै गरेका आमाको काख भात्र ममताको छाँयामा हुर्कने बेलाका साना आँखाका नानि छोराछोरि छोड्दाको पिडा कुन आमालाई गार्हो नहोला अनि घरपरिवार ईष्टमित्र नातागोता छरछिमेकि बाट छुट्टीदा मुटुमा ठुलै ढुंगाले थिचेको अनुभव गर्दै झिनो आशा र ठुलो सपना बोकेर मात्रिभुमि छाड्दै ईजरायल प्रबेश गर्छिन निमा ।
उनको पनि ठुलै सपना थियो होला श्रीमानलाई खुशि राख्ने छोराछोरिको अशल आमा बन्ऩे अनि छोराछोरि पढाउने हुर्काउने र अशल नागरिक बनाउने अनि घरकी जिम्बेवारिक बुहारि बन्ऩे तर के गर्नु लोग्ने मान्छेनै हो आखिर श्रीमान रुबिनले शंकागर्न थाल्यो झन रुबिनको शंकामा साथिभाई छीमेकिले झन साथ दिन्छन र भन्छन "हेर रुबिन ईजरायलमा नेपाली महिलाले शरिर बेचेर पैसा कमाउछन " उस्लाई के चाहियो र यहाँ भन्दा पुर्ण रुपमा नकारात्मक बन्दैजान्छ निमा प्रति ।
बिचरि निमा बिदेशको भुमिमा 18 अठार घन्टा काम गर्छे भोक तिर्खा निन्द्रा भन्दिन बचेको छ 6 घन्टा घरको याद छोराछोरिको संझना र रुबिनको यादमा तस्बिर हेर्दै बिताउछे
निमा केवल शुन्दर र सानो झुप्रो बनाएर त्यो झुप्रोमा आफ्नो परिवार खुशिका साथ बस्दै एक अर्कामा माया र ममता साटासाट गरि जीवन बिताउने उस्को अन्तिम ईच्छा थियो तर अचानक बिरामि हुन्छे कति काम गरोस त बिचरा ! शरिर ले अनि त्यस माथि पनि चिन्ता पिरले ग्रसित निमा
कठै निमा इजरायलको अस्पतालको बेडमा कराउँछे चिच्याउछे छड्पटिन्छे घरको यादले आतिन्छे त्यो भन्दा पनि रोगले च्याप्दाको पिडामा झन्........./

उ भन्छे साथि हरुलाई छोरा छोरीको मुख हेर्छु कृपया यतिकै भएपनि मलाई नेपाल पठाईदेउ म प्राण त्याग्दिन छोराछोरिको मुख नहेरि यदि यदि त्यागेछु भनेपनि मेरो भौतिक शरिर रुबिन सम्म पुर्याईदेउ है नत्र मेरो रुबिन मृत्युको बियोगमा तड्पिन्छ उ पनि बाँच्न सक्दैन कमसेकम मेरो अनुहार त हेरेर चित्त बुझाउछ ।कठै निमा यस्तो भन्छिन् ।




केहि दिनमा निमालाई औषधिले ठिक गर्दै जान्छ बिस्तारै उस्लाई अस्पताले ले डिस्चार्ज गर्छ साथि हरुले कोठामा ल्याउछन एक दुई दिनपछि उ पहिले जस्तै हुन्छे
रोगसँग लड्न उ सफल त हुन्छे तर शंकालु रुबिनको आँखाबाट पबित्रताको नामपाट बच्न सफल हुदिन
कुरा के भने अस्पतालबाट कोठामा आई नपुग्दै रुबिनलाई आफ्नो पिडा,मर्म दुःख र रोगसँगको आफ्नो अन्तर द्वन्दको कहानि सुनाउछु भन्दै आफ्नो कार्यब्यस्थता का कारण केहि समय अगाडि बाट ब्लक गरेके फेसबुक एकाउन्ट पुन खोल्छे आज फेसबुक खोल्न को पाएको मात्र थियो एक्कासि छाँगाबाट खसेजस्तो हुन्छे पुरा ब्रमाण्ड ने ढलपल ढलपल भएजस्तो गरि उसैमाथि पुरा आकाश खसेजस्तो हुन्छे फेसबुकको भित्ता भित्तामा रुबिनले निमाको बारेमा नानाथरि आरोप र निमाको पबित्रताको ठुलै करणी गरेको छ निमा रुन्छे आतिन्छे कराउछे तर उ के पो गरोस एउटी नारिनै त हो कस्ले पत्याउछ यो पुरुष प्रधान समाजमा अबोध पबित्र र ईमान्दार निमाको कुरा ।
झन निमाको दुःख बिदेशिएकि नारिको पिडा मर्मलाई बुझ्नु कता हो कता झन रुबिनको फासबुक स्टाटस सबैले सेयर गर्छन बिश्वभरि सनसनि फैलिन्छ निमाको गल्ति औल्याउछन उता रुबिन आफ्नो बिजय भएको महशुस गर्छ तर निमाको ईज्जत उस्को परिवार र उ माथि जोडिएको ख्याल राख्दैन अनि छोरा छोरिको भबिष्य प्रतिको कुनै बोधछैन बिचरा ति अबोध छोराछोरि आमाको बाटो हेर्दै आजपनि टोलाई रहेका छन उता निमा होसहराएझै बेहाल भएकी छे कहाँ जाओस् कस्को साहारामा बाँचोस् अचेल रुबिनको कुराले निमालाई बिनाकार दोसि र चरित्रहिन नारि ठान्छन् ।
त्यसै बिचमा मैले पनि रुबिनको फेसबुक स्टाटस सेयर गर्ने एक पात्र हुँ "अनयासका पानाहरू गजल संङ्ग्रस " फेसबुक म पनि कागकै पछाडि डौडिरहेको थिए एउटि नारिको भावना बुझ्न सकिन मैले माफि चाहन्छु निमा प्रति।


निमाले मैले फेसबुकमा रुबिनको स्टाटस सेयर भएको देखेपछि मलाई अचानक 2069/12/22गतेका दिन निमाको म्यासेज आयो र मैले सबैकुरा बुझे निमाको म्यासेज मध्ये सानो अंशमात्र जस्ताको तस्तै साभार गरे (होइन भाई तेती खेर मलाई hospital मा बस्नु परेको थियो तेसैले deactivated गरेको थिए फेसबुक , जब hospital बाट फर्किए तेसपछी फेसबुक खोल्दा तेस्तो देखे ........यो सबै मेरो बद्नाम गरिएको हो रुबिन बाट ....उहाले गरेको बदनाम त पचाउने बानि परिसकेकॊ थियो तर अरु बाट पनि आगोमा घिउ थप्ने काम ले गर्दा मन दुख्ने रहिछ ...हजुरहरु कसैको पनि दोस त छैन तेस्तो status नदेखेको भए कसैले पनि तेस्तो लेख्ने मौका पाउन्न थियो ।।। तर सत्य कुरा के हो त्यो कमेन्ट गर्ने गर्नेहरु कसैलाई पनि थाहा छैन ..मन नपरे एकअर्को लाई छोडेर बस्न पाउछ तर तेस्तो public बद्नाम गर्न त नपाउनु पर्ने हो ....तेसै माथि तेस्मा थप थाप पारिएका कमेन्ट हरु।।।। आबस्यक पर्यो भने मैले सबै सत्य तथ्य अबस्य पनि भन्ने छू अहिले यो फेसबुक चलाउन थालेको 2 बर्स पछिको कहानी मात्र होइन बिगत 2046 मङ्सिर 15 गते देखिको दुखद कहानी ...माफ गर्नुस भाई बेला बेला मा म्यासेज send गरेको मा...)

म पनिकुरै नबुझि किन लहैलहैमा लागेको होला रुबिन अझै निमाको बद्नाम गर्दै छ ।उता निमा आफ्नो जिवन रक्षाको लागि र बिना कारको दोष आरोपको दागको लागि मेटाउने आधार खोज्दैछन गुहार माग्दैछन न्यायको अपेक्षा गर्दैछन ।
निमा के गलत हो त ,?
निमा गलत छैन ।अब पाठकको जिम्मा रुबिनलाई के भन्ऩु हुन्छ ?
निमाला कसरि न्याय दिनुहुन्छ ?
क्रमश....

लेखक -रामकृष्ण पौडेल "अनयास"

तारिख झेल्दै थिई

गजल

तारिख झेल्दै थिई फैसला आउदै छ रे
मन भाँडिएकै थियो बरा! सफाई पाउदै छ रे ।

यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थि
मुलुकी ऐन ज्यान मारेको "दफा 28" लाउदै छ रे ।

हिरासतमा पर्दा फुच्ची धरौटिमा छुट्छु भन्थि
आखिर आज बिरहका जेलमा गित गाउँदै छ रे ।

माया गर्नु अपराध होईन भन्दै बाहिर नारा लाउदै
पिरतिको मामिला हो जनमासमा छाउदै छ रे ।

इमान्दार भई अदालतमा सबुत प्रमाण जुटाएर
निर्दोश साबित गराउन कट्घरामा धाउदै छ रे

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

भोका हरुको

भोका हरुको लागि गास खोज्दै छु आमा ।
घरबार बिहिन लाई आवास खोज्दै छु आमा ।

यो राष्ट्रको के आश आफै झोलि थाप्दै छ अचेल
त्यसैले आफै बाँच्ने साहाश खोज्दै छु आमा ।

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा

गजल
रामकृष्ण पौडेल "अनयास"

    पर्खिएर  तिम्रै बाटो हेरी बसेँ  गाउँमा   प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गास बास कमाई गरी खाने बाटो छैन देशमा
जानुपर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जिवन नराख न दाउमा प्यारा ।

भाग्यले नै ठगेपछी छुट्टीएर बस्दा हामी
गाउँले पनि नुन छर्छन् गरिबीको घाउमा प्यारा ।

लेख बेशि बनपाखा तिमी आउने बाटो हेर्दै
अभावैमा काटे जीवन सौभाग्यको नाममा प्यारा

गजलकुन्ज भरतपुर-13,चितवन

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले


गजल

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले
तल्लो कुल भन्दै छाड्य़ौ बिच बाटोमा हात तिम्ले ।

मैले पुज्ने ईश्वर अनि तिम्ले मान्ऩे देउता पनि
तैलिएर गिराउदै गर्छौ किन बात तिम्ले ।

चल्दैन खै भन्छौ अरे यो गरिबको पानि अचेल
नखाई पहिले हुदैनथ्यो मैले खाको गास तिम्ले ।

मुटु रगत धड्कन मिल्थ्यो सुनको महल मेरो भए
कुलघरान सानो जात भो भन्दै छाड्य़ौ साथ तिम्ले ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज ,चितवन

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर


गजल "सवाल"
रामकृष्ण पौडेल "अनयास"

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर ।

आफन्त सबै बैरी नै बन्छन् बिधवा देखदा
आफ्नै लाई टोकी भन्दा नी फेरि नबोल्नु बिर्सेर ।

एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिडामा
माथको सिँन्दुर लगाउन फेरि नछोड्नु बिर्सेर ।

धर्म र संस्कार कुरीति अनि यो गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर ।

(मेरो र गजलकार फुच्ची जमुना को सवाल जवाफ बिशेष संङग्रह बाट सवाल को गजल )
भरतपुर - 13, गजलकुन्ज चितवन


गजल

गजल
(प्रेम पुष्प दिवस)
रामकृष्ण पौडेल "अनयास"

अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय ।

ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा,मलाई देखी करायौ प्रिय ।

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ,यस्तो हालत गरायौ प्रिय ।

दुई अक्षर माग्दा माग्दै प्राण त्याग गर्दा मैले
त्यागमा कति माया रैछ भन्दै आफै डरायौ प्रिय ।

मलाई जलाएर स्वाहाग मनाउनु अर्कै सँग
पुष्यतिथि पारि माथमा सौभाग्य भरायौ प्रिय ।

गजल




आकाश बाटै तिम्रो बाटो पर्खन्छु म तारा बनि
नआउन्जेल हेरी बस्छु ,तिम्रो भानु प्यारा बनि ।

पिरतिका कुरा गर्दा अँगालोमा कस्ने धोका
उजाडियो मेरो संसार हेर्छु बेसाहारा बनि ।

रात कट्य़ो आखिर पिडा खटाएरै आज
छट्पटाउँदै हेर्छु बाटो दुनियाको बिचारा बनि ।

भिजाउछु आँसुले भुँई बिहानीको सित बन्दै
भाग्य आफै लुटिएको यस्तो कर्महारा बनि ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन