Saturday, June 29, 2013



मुक्तक

मरेपछी जल्ने थोरै जमिन भए पुग्छ

चढाउदाफूल चेहेरा त्यो मलिन भए पुग्छ ।

भनि दिउँला मलामि लाई मुटु लगि बुझाईदिनु

त्यहि मुटुमा बाँच्न तिमि तल्लीन भए पुग्छ ।

रामकृष्ण ,गजलकुज्ज

Sunday, June 16, 2013

गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने

कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष)
मितिः– 2070।3।3 Monday   
गजलका थुँगाहरु श्रृंखला– ८ (नारी स्रष्टा विशेष) नमस्कार साथीहरु, आज मिति २०७०।3।3 गते सोमवार हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित रामकृष्ण पौडेल अनायास र फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here

Friday, June 14, 2013

दिन्न झुटो संसार अब

गज़लकुञ्ज

सक्दिन म सुन चाँदीले भोरिएको डोली ल्याउन
माया दिन्छु नभन है टल्किने त्यो चोली ल्याउन

मन मुटु दिन सक्छु दिन्न झुटो संसार अब
माया भोर्न तयार छु खाली झोली ल्याउन

आदि गास बस्ने झुप्रो जसो तसो जोडौला भो
आतुर छु म सिउदो भर्ने सिन्दुरको होलि ल्याउन


रामकृष्ण पौडेल ''अनायास ''

बिदेशको मरुभुमि प्यारो मान्छन् युवा

मुक्तक

पुरुषले नि डोको नाम्लो बोक्नु पर्छ अब
बाँझो खेतको डल्ला फुटाई जोत्नु पर्छ अब ।

बिदेशको मरुभुमि प्यारो मान्छन् युवा
पौरखी ति पाईला देशमै, रोक्नु पर्छ अब ।

अनायासका पानाहरु

चिनाहराएको मान्छे

मुक्तक

हरिलाई छाडि मिरालाई मात्र कालले बोलायो
हरिको बियोक देखेरपछि त्यो दैब टोलायो ।
मुना र मदन बिर्सेथ्यौ आखिर यो जोडि देख्दा त
बिछोड भा'को सपना होकि बिपना होला यो ।

के उ मरेकै होला ?

मुक्तक

के उ मरेकै होला ?
कि त शहर छोडेकै होला ।
रिसाउथ्यो सँगै हुदापनि
पक्कै संम्बन्ध तोडेकै होला ।
अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु