Thursday, November 8, 2012

देख्न सक्छु र ?

अर्जुन पौडेल, पोखरा
तिम्रो आँखावाट आशुनै झरेको देख्न सक्छु र ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु र ?

आँखा भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु र ?

मेरा पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै रुवाई लगन गरेको देख्न सक्छु र ?

जुनेलीको रात साक्षी राखी बुनेका ती सपना
जीवन्त नवनाई त्यसै टरेको देख्न सक्छु र ?

लाग्छ मान्छेलाई ...

Saagar Silwal

बनाबटी नै होस प्रशंसाको भोक लाग्छ मान्छेलाई
झुट्टा संसारमा सत्य सुन्दा जोक लाग्छ मान्छेलाई

आफैलाई फाइदा हुने आलोचना त सुन्नुपर्थ्यो
कसैले गर्दा फेरी किन झोक लाग्छ मान्छेलाई

मेहनत नै नगरी सायदै कोही पास भएका छन
जान्दा जान्दै फेल सुन्दा शोक लाग्छ मान्छेलाई

औला दिदा डुडुल्को निलिदीन खोज्ने छन कोही
लोभी मन देखेको सबथोक आफ्नो लाग्छ मान्छेलाई

अमर कोही छैन सधै जिउन जन्मेको झै गर्छन
बाच्न खोज्दा खोज्दै मृत्युको तोक लाग्छ मान्छेलाई  

तिहार मनाउँनु..


Pargeet Kunwar
असफल थुमपोखरा 8 स्याङ्गजा,
टिका माला ,लायरै तिहार मनाउँनु !
देउसी भैलो ,गायरै तिहार मनाउँनु !

नझारे है चेली आँशु प्रदेशी को यादमा..
मनमा शान्ती ,छायरै तिहार मनाउनु !

सँगी साथी भेट हुन्छ सबै भेला भाको बेला..
माईती घरमा , आयरै तिहार मनाउनु !

गरिबीको मार खेपिराछौ महङ्गीले आकाश छोयपनी..
मिठो चोखो ,खायरै तिहार मनाउँनु !

झिलिमिली बत्तीले..

Ram Sharan Shrestha
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।

पाउँ स्वामी...

Asmi Gm

संधैभरी यसरि नै पाउ छुन पाउँ स्वामी!
हजुरकै दाशी सँधै नाउ हुन पाउँ स्वामी!

अजम्बरी श्रद्दा दिंदै सारा दुख पिडा लिदै
समर्पणले हृदयको पिर धुन पाउँ स्वामी!!

आफ्नो धर्म सस्कृतिको नाज राखी जुनीजुनी
सत्भाब र सम्मानले मन दुन पाउँ स्वामी!!

पुजा आज अर्चनामा सम्झी पति परमेश्वर
सरणमा झुकी सारा बह फुन पाउँ स्वामी!!

दोबाटोमा हात थामी बनि सच्चा अर्धांगिनी
हाँस्दा संगै हांसी रुँदा संगै रुन पाउँ स्वामी!!

आकासका तारा झार्छन्,

Shailendra Thapa
आकासका तारा झार्छन्, जुन पनि टिपि ल्याउछन्
हुने नहुने कुरा गर्छन, बुद्धि त्यतै खियाउछन!!

सर्व पर्व काल याहाँ, सबै खण्डित भएको छ
क्षणिकतामा सब कुद्दा, कु-वृत्तिमा मन गएको छ!!
...

भोलि के हुन्छ नसोचि, सबै नै आज चाहिने
मरिहत्ते गरि लागेका, जो जो छन नपाईने!!

मै खाउ मै लाउको, गाँजेको छ संस्कृतिले
त्यहि त हो कारण, घर गर्‍याछ विकृतिले!!

नीति छैन नेता मात्रै, के होला यस पाराले
सोच्न ढीला भएन के, हामी नेपाली साह्राले!!

विकृतिका बाहक, हामी तिनका ग्राहक
कतिञ्जेल बन्ने हो, अञ्जान बनि सहायक!!

समय आफ्नै गतिमा, पर्खदैन कसैलाई
समाउन सक्छ जसले, श्रेय जान्छ उसैलाई!!

महत्व यो बुझेर, ढिला भो अघि सर्नलाई
पारि त पुग्नु नै छ, जङ्घार त्यो तर्नलाई!!

रित यो तोडेर, फस्टाउने पापात्मा
खुसिले भरि दिदा, दु:खि पिडितका आत्मा!!

देख्न पाईने छ पक्कै नै, मातृभूमी याहाँ हासेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको
तराई पहाड साथमा लिई, हिमाल पनि नाचेको!!

सल्लाह सुझावको अपेक्षा राख्दछु