Saturday, February 3, 2018

मन्दिर बनाउछु

ताज महल सक्दिन सानो मन्दिर बनाउछु
तिम्रै पुजा हुनेछ त्यहाँ यौटा तस्बिर बनाउछु /

म पर्खिने छु जिन्दगि भर तिमीलाई अब
अर्को जन्ममा पहिला आफ्नै तक्दिर बनाउछु /

आखिर चढ्नै परेछ भनेपनि शुलि चढ्ने छु हेर
तर तिमीलाई पाउने म पक्कै मन्जिल बनाउछु /

आमाको निद हराएको खबर


सहर पसे गाउँमा आफ्नै खेत घर हुदा
खुशी त उतै रहेछ बा आमाको भर हुदा

म आएको पहिलो रात यति त रोइन
त्यै रात आमाको निद हराएको खबर हुदा

बैनेले हिड्ने बेला पोको थमाउदै भनिथिइन्
दाइ भोक लाग्दा खानु है लामो सफर हुदा

मैले नाखायेरै राखेको छु आज सम्म पनि
फुकाउने सकिन खान कति रहर हुदा

जव राहदानी पैसा दलालमा डुवाएपछि
कहिल्यै फर्किन सकिन गाउँ,उतै नजर हुदा

गजल , सरकार बनायो ढलायो


गयो भत्ता पचायो मात्र तालि बजाएको छ
देशको आन्दानी छैन केहि महंगी बढाएको छ

देश बनाउछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफुलाई ठुलो महल बनाएको छ

यता जनता भोकै पालमा जीवन बिताउदा खेरि
राहात ल्याउछु भन्दै गएको,सदनमा निदाएको छ

सरकार बनायो ढलायो फाइदा आफै लुटेका छन्
बिचारा गरिबले देशको लागि रगत बगाएको छ
रामकृष्ण अनायास

गजल

 व हरायौ हावा सँग

व हरायौ हावा सँग अनि सोध्छु घाम सँग बतास सँग
जुन दिन देखे तारा सँग अनि सोध्ने गर्छु आकास सँग

अनि भन्यौ खोजि हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमि मेरो धड्कन सँग सास सँग

तिमि लाइ मुटु कलेजी दिन हर क्षण तयार थिए
त्यसैले यो समाज सँग लडेको छु जित्न साहास सँग

पाउन त हजार पाइन्छन् फरक यति हो मन मिल्नु पर्छ
बाँचीरहन्छन् युगौ युग प्रेम समन्ध,गाँसिए खास संग


 रामकृष्ण अनायास

Friday, September 1, 2017

बालकविता –खेलौँ डण्डीबियो

रमेशचन्द्र घिमिरे

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो
खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’ सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न
धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो ‘
बिना’ तिमी बैनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू
खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो
डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ
बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

Sunday, July 9, 2017

अनायासका एकदर्जन मुक्तक



मुक्तक १

जव म मर्ने छु अनि तिमि एक्लै हुनेछौ
मलामिले शंख फुकि लादा कति रूनेछौ
समाज तिमि आफैले बदल्ने हो त्यसैले बिहे गर
गरिनौ भने बाँच्नलाई सधै मेरै तस्बिर छुनेछौ

मुक्तक २

जाने हरु केहि सम्झना छाडेर जान्छन्
मुस्कान दिदै मुटु घायल पारेर जान्छन्
बाँचुन्जेल तिम्रै साथ् दिन्छु भने पनि
गफै गफमा सबै कुरा टारेर जान्छन्

मुक्तक ३  

मेरो घर भरि एकदिन मलामी हुनेछन्
 चेहेरा मलिन अनि हातमा रामनामी हुनेछन्
जलाउदा मेरो मुटु हेर्न नभुल्नु एकपल्ट
 त्यहा तिम्रो सजाएका तस्बिर दामी हुनेछन्

मुक्तक ४
सधै ताजा रहिरहन्छ केहि खतहरु
अनि बाँच्ने साहास हुन्छ बिगतहरु
पिंडाहरु बेला बेला बल्झिदा प्युने गर्छु
मेरा बाँच्ने आधार बनेकाछन यिनै लतहरु

 मुक्तक ५
मन यौटा सानो पथ्थरले पनि पगाल्न सक्छ
 पिर परे पछि आँखाले आँसु खसाल्न सक्छ
बुझ महासय महत्व सबैको आ-आफ्नै हुन सक्छ
 त्यसैले त कमिलाले हात्ती पनि ढाल्न सक्छ

मुक्तक ६

चुहिने खरको छानो फेर्नु छ अब
 यसपाली साहुको तमसुक केर्नु छ अब
कति पिल्सिएर बस्ने हामि गरिब जनता
 मसाल बोएर सिंहदरवार घेर्नु छ अब

मुक्तक ७

यता मेरो मलामी को लामो लर्को हुदा
उता तिम्रो सिउदोमा सिनिदुरको धर्को हुदा
तिम्रो बिहेका जन्ती पनि रुन्छन होला
मेरो शंखको आवाज चर्को हुदा

मुक्तक ८

जसले हिजो मन्दिर बनाएका थिए
आज अर्कैले सासन चलाएका थिए
 बिचरा उसैले बनाएको मुर्ति भित्रिदै गर्दा
  हेर्न पनि पाएन जात्रा अरुले मनाएका थिए

मुक्तक ९

हिजो राजा संग उही दरबारमा हुदा
 र आज जनता संग सरकारमा हुदा
हर्कत यौटै दोर्याई रहेको छ अझै
 केहि कदम चाल्दैन देश गरिबीको मारमा हुदा

मुक्तक १०

मुटुमा सजाएर राखेको एकजना खास थियो
 अझै लाग्छ उ हर समय मेरै आस पास थियो
 मैले उसलाई कहिल्यै महलको सपना देखाइन
 त्यसैले हाम्रो माथि यौटा खुल्ला आकाश थियो

मुक्तक ११
 अझै पनि उही कुटो कोदाली खेत बारीमा छन्
मेरी आमा हिजोकै च्यातिएको साडीमा छन्
 छोरो परदेश पसेकै कैयौ वर्षा बितिसकेछ
र पनि बा आमा साहुकै ऋणको भारीमा छन्

मुक्तक १२
मैले धेरै सिकेको छु त्यो पत्थर बाट
 महलमा हुर्किन्छ मान्छे बिलाउछ बगर बाट
 यो दुनिया बदल्छु भनेर कलम कापी बोकेर हिने
 तर बदल्न सकिन आज चक डस्टर बाट

मुक्तक १३
मैले बा आमाको गुण कहिल्यै तिर्न सकिन
 असल छोरा बनेर मनमा कहिल्यै छिर्न सकिन
समय बदलियो म आफै बाउ बन्दै छु अहिले
देखाउथे कति लाग्दो रहेछ माया मुटु चिर्न सकिन

 मुक्तक १४
जव संगै हुन्थ्यौ रातहरु पनि रंगिन हुन्थ्यो
 अनि छुट्ने बेला आउदा निकै कठिन हुन्थ्यो
 हराउथ्यौ एक आर्कामा भुल्थ्यौ सारा संसार पनि
 त्यसैले पत्तै हुदैनथ्यो कति बेला दिन हुन्थ्यो

सल्लाह सुझावको अपेक्षा राख्दछु