Friday, April 12, 2013

नववर्ष २०७० को मंगलमय शुभकामना


      याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू , हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन , तर मित्रताको ढोका बन्द नगर्नू यहि छ मेरो सुभकामना
नववर्ष २०७० को पावन अवसरमा सुख, शान्ति, दिर्घायु तथा अमनचयनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
( रामकृष्ण पौडेल "अनयास")

Thursday, April 11, 2013

*** गजल ***

*** गजल ***

आरोप लगाउनेलाई अभियोग लगाउनु पर्छ
दोषि अनि हत्यारालाई गाउँबाटै भगाउनु पर्छ ।

अन्धबिश्वास रुणिबादि चलाउने नाईके अब
ज्यानमारेको मुलुकि ऐन दफा अठ्ठाईस चखाउनु पर्छ ।
क्रमश
रामकृष्ण अनया

लघुकथा



लघुकथा


                म ओछ्यानमै हुन्छु जब बाटोमा मधुमेह र उच्चरक्तचाप ले ग्रसित ब्यक्तिहरु मर्निङवाक गरिरहदा।
साँझमा अफिसबाट फर्कदै थिए तिनै ब्यक्तिहरु नजिकैको भट्टीमा चर्का चर्का आवाजमा हातमा रक्सीको चुस्कि लिदै भन्दैथिए " आफु त बिहानको छाक खाईदैन बेलुकि सुगर बढ्ला भनेर रोटि खाईन्छ ।

( लघुकथा ) दुईसय ज्याला









लघुकथा (दुई सय ज्याला)

      एकहुल कलेजका पोषाक लगाएका बिध्यार्थिहरु लाठी र रड हातमा बोकेर सडकमा चर्का नारा लगाउदै थिए ।त्यसमध्ये बाटै कोही ले कराउदै थिए आजको बन्द सफल पार्नुपर्छ,दुईचार जनाको हातखुट्टा भाँच्नु पर्छ एकदुई वटा मोटरसाईकल जलाएर आगो ताप्नुपर्छ,वास्तवमा आदिपेट खाएर आफ्ना हजारौ आवश्यकता लाई पन्छाएर मुटुमाथि ठुलै ढुंगा राखि पसिना र रगत बगाएर जम्मागरेको पैसाको खुत्रुके फोरेर आदि किस्ता गरि बैँक बाट निकालेको त्यो साधन ! अनि आफ्नो सपना र उधेश्यको गन्तब्यमा हिडेका ति यात्रुहरु बिचैमा पानि सँग पाउरोटी चपाउदै घरको पिँडिको कोर्कोमा दुधदानिबाट दुध चुसीरहेका छोरा छोरीको अनुहार संझिदै कुक्क कुक्क घाँटीमा अड्किएको बुझो पानिसँग भोक र तिर्खा मार्न घुटुक्क पार्छन् ।

      त्यसदिनको बन्दको समय अवधि सकिन्छ अनि बन्दकर्ता बेलुका नेताको घरमा पुग्छ "नेता जी आजको बन्द पुर्णरुपमा सफल पारियो तपाईको राजनिति सफलभयो मेरो ज्याला दिनुस् त,"आखिर ज्याला लिदै नेतासँग गुनासो पोख्दै थियो " नेता जी गाउँछाडेर शहरपसे हातमा पढेका कागजपत्र बोकेर आए तर यो सहरको प्रत्येक अफिसको ढोका धाए जताततै घुसखोरी,चाकडी नाताबाद,कृपावाद,सोर्स, फोर्स तर त्यो मध्ये मेरो केहि कुराले भेटेन त्यसैले यो पेशा अंगालेको हुँ ", तपाईले पनि जम्मा दुईसय दिनुहुन्छ ज्याला तर तपाईको यो नजिकै बाँधिएको कुकुरलाई आहारा एकचोटिमा दुईसयको दिनुहुन्छ ।

लेखक रामकृष्ण "अनयास"
गजलकुन्ज,भरतपुर
(कथामा ब्याकरण मिलाईएको छैन)

Tuesday, April 9, 2013

गजलका थुँगाहरु भाग–४


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला -4
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-28)
नमस्कार साथीहरु, आज मिति 2069-12-28 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।



तिम्ले घुम्टो ओढ्दा खेरी

*** गजल ***

तिम्रो बिहे मेरो मरण छिट्टै हेर्ने तयारि छ 
तिम्लाई जन्ति मलामीले मलाई घेर्ने तयारि छ ।

सिरमा सिँन्दुर रातो साडी तिम्ले घुम्टो ओढ्दा खेरी
मोठमा राखि मलाई सेतो, बस्त्र फेर्ने तयारि छ ।

सुन चाँदी फूलमालाले तिम्रो डोली रंगाउदा
रामनामी ले अब मेरै शरिर बेर्ने तयारि छ ।

नौमतिमा सजाएर पराईले लादा उता 
शंख फुक्दै यता आखिर बाटो केर्ने तयारि छ ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज ,भरतपुर चितवन

सल्लाह सुझावको अपेक्षा राख्दछु