Wednesday, April 3, 2013

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले


गजल

मन मिलेनि हामी दुईमा दाँज्यौ आखिर जात तिम्ले
तल्लो कुल भन्दै छाड्य़ौ बिच बाटोमा हात तिम्ले ।

मैले पुज्ने ईश्वर अनि तिम्ले मान्ऩे देउता पनि
तैलिएर गिराउदै गर्छौ किन बात तिम्ले ।

चल्दैन खै भन्छौ अरे यो गरिबको पानि अचेल
नखाई पहिले हुदैनथ्यो मैले खाको गास तिम्ले ।

मुटु रगत धड्कन मिल्थ्यो सुनको महल मेरो भए
कुलघरान सानो जात भो भन्दै छाड्य़ौ साथ तिम्ले ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज ,चितवन

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर


गजल "सवाल"
रामकृष्ण पौडेल "अनयास"

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर ।

आफन्त सबै बैरी नै बन्छन् बिधवा देखदा
आफ्नै लाई टोकी भन्दा नी फेरि नबोल्नु बिर्सेर ।

एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पिडामा
माथको सिँन्दुर लगाउन फेरि नछोड्नु बिर्सेर ।

धर्म र संस्कार कुरीति अनि यो गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर ।

(मेरो र गजलकार फुच्ची जमुना को सवाल जवाफ बिशेष संङग्रह बाट सवाल को गजल )
भरतपुर - 13, गजलकुन्ज चितवन


गजल

गजल
(प्रेम पुष्प दिवस)
रामकृष्ण पौडेल "अनयास"

अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय ।

ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा,मलाई देखी करायौ प्रिय ।

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ,यस्तो हालत गरायौ प्रिय ।

दुई अक्षर माग्दा माग्दै प्राण त्याग गर्दा मैले
त्यागमा कति माया रैछ भन्दै आफै डरायौ प्रिय ।

मलाई जलाएर स्वाहाग मनाउनु अर्कै सँग
पुष्यतिथि पारि माथमा सौभाग्य भरायौ प्रिय ।

गजल




आकाश बाटै तिम्रो बाटो पर्खन्छु म तारा बनि
नआउन्जेल हेरी बस्छु ,तिम्रो भानु प्यारा बनि ।

पिरतिका कुरा गर्दा अँगालोमा कस्ने धोका
उजाडियो मेरो संसार हेर्छु बेसाहारा बनि ।

रात कट्य़ो आखिर पिडा खटाएरै आज
छट्पटाउँदै हेर्छु बाटो दुनियाको बिचारा बनि ।

भिजाउछु आँसुले भुँई बिहानीको सित बन्दै
भाग्य आफै लुटिएको यस्तो कर्महारा बनि ।

रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन

Sunday, March 17, 2013

गजलका थुँगाहरु श्रृंखला - 3

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05)
Facebook Page
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।


Wednesday, February 13, 2013

गजलका थुँगाहरु भाग–२



नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयासतपाई हाम्रा मिलन विछोडका कुराकतै मन दुखेकाकुरा  कतै माया  प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारीकार्यक्रम- "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग

कार्यक्रमः– गजलका थुँगाहरु 
सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल 
परिकल्पनाकारः– अर्जुन पौडेल 


सल्लाह सुझावको अपेक्षा राख्दछु