Thursday, December 13, 2012

पवित्र प्रेमी


By~Bimal Raj

मेरी प्रिया "मेरै"लागी दुबो माला उन्दै होलिन
माला सितै माला रुपी रहर पनि उन्दै होलिन

सताउँदो हो उन्लाई पनि चाहनाले भित्र-भित्रै
यौवनको भेल चल्दा बल-जफती थुन्दै होलिन

कहिले सरम कहिले गरम सम्झँदा मात्रै पनि
कल्पनामा कस्ता-कस्ता कुराहरु गुन्दै होलिन

मन पर्ने हजार-हजार तर एउटै सित घरबार
यस्तै होस् दिलको राजा भनेर चुन्दै होलिन

सार्थक हुन्छ सोँच्दै होलिन प्रेम उनको "पवित्र"
"प्रेमी" सितै भविष्यको योजना बुन्दै होलिन

छ आखा यता फेरि सम्बाद उतै भो ।


दिवाकर स्वप्नील
छ आखा यता फेरि सम्बाद उतै भो ।
(सम् बाद्=२२)
भजी देव ऐश्वर्य सौगात उतै भो ।
(सौ गा त्=२२)


जगाएर आशा उठाएर चाहा
म सोच्थे चुमौला दुवैहात उतै भो
(दुवैहात्=१२२)


न छुन्छौ कसैले भनेथेँ कसोरी
पगाल्दै धरा यो सुहागरात उतै भो
(सुहाग् रात्=१२२)


झरेको उचाल्ने छ कोही कुसुम त्यो ?
(कुसुम्=१२)
बुझेनौ कुरा प्रिय आघात उतै भो ।
(प् रि य=२१,आघात्=२२)


दबाई छ तीतो नमाने तिमीले
भनेथे कुनैदिन् खराब् ख्यात उतै भो ।
(कुनैदिन्=१२२,खराब् ख्यात्=१२२)


रुपैले डुबेका यहाँ छन् हजारौ
(छन्=२)
छहारी न पायौ चिहानघाट उतै भो ।
(चिहान् घाट्=१२२)

म आफ्नै जमाना बदल्दै छु अब


रामचन्द्र बस्याल बिखर्ची 
हाल क्षितिज पारीबाट

म आफ्नै जमाना बदल्दै छु अब
ति याद पुराना बदल्दै छु अब

आउदै छ काल अब् लिन मलाई
सुनौलो ठेगाना बदल्दै छु अब

रटेरै त्यो भाषा सुगाझैं केबोल्नु
मनको बजाना बदल्दै छु अब

के लिनु के दिनु हिसाब प्रेमको
आफन्त फलाना बदल्दै छु अब

राखेरै उस्लाई दिलको मचान
म आफ्नै सिमाना बदल्दै छु अब

नहिड..


त्यसै छौ राम्रि मस्कदै तिमि मर्केर नहिड
जाला त्यो बैँस ढल्केरै फेरि तर्केर नहिड

हल्लाइ पौँस कम्मर भाँच्दै काँ जान लागेकि
हेरेर बाटो बस्याछु कुरि सर्केर नहिड

बोलन कान्छि खोलेर दिल नहेर लुकेर
आउन्न फर्कि जवानि मिठो झर्केर नहिड

दिल्जोड यता नहेर उता आशैमा बस्या छु
उन्माद बनि पानिझै बैँस छर्केर नहिड

आएर रुन्चि मेटन अब जलन्‌ यो मनको
कटक्कै खान्छ मुटुयो मेरो कर्केर नहिड

रमेश क्षितिज बराल
मधुमल्ला 3 मोरङ

काँडा बिच ,फूल्ने गुलाब


Pasang Tamu
काँडा बिच ,फूल्ने गुलाब ,चुन्छ फेरी किन //
बेदनामा ,घोचाई सँगै, रुन्छ फेरी किन //

बिष हुन्छ, फूलामा पनि, मुटु टुक्राउने //
थाहा हुँदा ,अन्जान बनि, छुन्छ फेरी किन//

जती शोभा ,छरेता पनि, ओईली जन्छ नै//
उनै सँग ,मिठा सपना, बुन्छ फेरी किन //

बगैचामा ,फूलको शोभा ,छल्की रहनेछ //
सियो रोपि, कोमल आत्मा ,उन्छ फेरी किन//

'साथी'

Neeta Kc

मुटु भरि तीर सहने चाह हुन्न कसैको
छाती भरि पीर सहने चाह हुन्न कसैको
डढेकी छु भित्र भित्रै खरानी कही देखिन्न
मरेकी छु पल पल लाश झैँ म देखिन्न
अधुरो 'नाम' दियौ सम्बोधन फगत
अपुरो 'माया' दियौ सम्बन्ध फगत 'साथी'
तैपनि अटुट नाता, धरती र आकाश जति
तैपनि अथाह माया, स्वास र जीवन जति - !!!

सल्लाह सुझावको अपेक्षा राख्दछु