Wednesday, November 21, 2012

घोचो


 योगेन ढोली
अरु लाई पत्रु समान्,मान्ने हरुको भिड् रैछ
आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ||

नाता बाद् कृपा बाद्को,क्षणिक पगरी गुथेर
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भिड् रैछ||

आफु मात्रै सर्बे सर्बा,ठान्ने हरुको भीड् रैछ
डाडु पन्यु आफु तिरै,तान्ने हरुको भीड् रैछ||

जहाँ कही महङ्गि छ


फुच्ची जमुना
जहाँ कही महङ्गि छ
फुट्पाथ पनि रङ्गि छ

हिजोको दामासायी हो उ
आज साहु भ'छ जङ्गि छ

खै! तिहार आ'को हो कि?
जता ततै रङ्गिचङ्गि छ

मखमलिले बाटो कुर्दै छ रे
सँगै कुर्ने टिका सप्तरङ्गि छ

चारैतिर झिलिमिलि देख्छु
तर आफ्नै मन बेरङ्गि छ

मेरो गगन

फुच्ची जमुना गजल
मेरो गगन उदास छ आजभोली
भन्दैन किन निराश छ आजभोली

हेरेर छायाँ कैयौ रात ढलेका छन्
म देख्छु जुन हतास छ आजभोली

औसी साचि छ तस्विर छातिमा टास्दा
बेरङ्गिन छाति खास छ आजभोली

वास्ना नफैलिएको पनि निकै भयो
बगैचा भरि पलास छ आजभोली

हराउन खोज्छु तिम्रो सगर भित्र
र त प्रेमिल बतास छ आजभोली

कुनै कुनै मन


फुच्ची जमुना

कुनै कुनै मन किन यति निठुर हुन्छ
एकदिन त उ दयावान जरुर हुन्छ

पिरती मामिलामा हिरासत पर्छ जब
तब कानुनी नजरमा उ कसुर हुन्छ

सबुत खोज्दै हिड्दा धमिराको पोलोभित्र
पाना नभेटेपछि उ कैद मज्दुर हुन्छ

तारिख झेल्दा झेल्दै थकित भएता पनि
कट्घरामा पुगेपछि महिसासुर हुन्छ

चिच्याउछ,कराउछ,कोलाहल् मच्चाउछ
सबुत बिना त कसरी बेकसुर हुन्छ

एउटा घोचो लेख्ने प्रयास


Laxmi Chemjong
एउटा घोचो लेख्ने प्रयास
देशका नेताले बिगारे देश 

बिरोध मात्रैले नहुने सेश
जनता उठेर मैदान जाउ 

काटेर दलाली नेताका केश
बिरोध मात्रैले नहुने सेश

केहि छेस्का


Surendra Poudel Astafal
१. रुप
छरेर सुन्दरता तिमि
जति सडकमा वासना दिन्छौ
तेती तिमीलाई पूजा गर्नेछ हाम्रो समाजले
२. सरकार
कठपुतली जस्तो
बुख्याँचा जस्तो
न हात छ न टाउको
न पाउ छ न भाउ छ
तर पनि गरजन्छ सरकार .
३.प्रेम
घाटीमा झुन्दियको मफलर जस्तो
भिरमा झूनडीयको फरशीजस्तो
न छोडन सकिने न खान सकिने
तातो सुर्यजस्तो रहेछ प्रेम

सल्लाह सुझावको अपेक्षा राख्दछु