रामकृष्ण अनायास
हिजो थोत्रो साईकलमा
थोत्रै साईकलकै घन्टी बजाउदै
हिडेको राम बाहादुर
आज
गरिबको सपना उडाउदै
रातो कारमा बेगले हुईकिन्छ
कठै मेरा बा को चप्पल फाट्यो
गाँस काटियो, बास नै फुस्कियो
र त आज उ नेता बनेको छ
एक मुठी भटमासले पेट अघाएकी मनमाया
आफ्नो छातीको दुइवटा दुध चुसाउदै सन्तानको
पेट भर्दा सम्म
हिजो उही थोत्रो साईकलमा यहि गाउँ चार्ने
राम बहादुर आज सम्म अघाएन
उ अर्थात राम बहादुर कहिल्यै चाहदैन
गरिब ले सपना देखुन
त्यसैले त कहिल्यै निदाउनै दिएन
कलिलो हातमा आश्वासनको झण्डा थमाइदियो
अनि भोक बिर्साउन बारम्बार उखान सुनाइरह्यो
घाम उ त्यो डाँडामाथि पुग्दै गर्दा
म सधै भोलि कति बेला बिहान हुन्छ भन्छु
मेरा प्वाल परेका सबै सपनाका छानोहरु बाट
बारम्बार गरिबिले घोचि रहदा निकै पिंडा हुन्छ
हरक रात मेरा आँखाहरुले गाला भिजाउदै
बाध्यता र बिवसतामा पौडिदै दौडिएका
आँसुमा खेल्ने बानि परेको राम बहादुर
एका बिहानै गरिबले देखेको सपनाको बहाल
उठाउदै टुप्लुक्क आइपुग्छ
बिचरा कैयौ सपनाको मलामी बनेका मनहरु
गाँठो पार्दै भक्कानिदै भगवान् सम्झिन्छन्
अनि आशाको दियो बाल्दै भोको पेटले
चदाएको एक सुका
राम बहादुर अझै मन्दिर बनाएर पैसा कमाउने दाउ सोच्दै छ
कविडाँडा,कैलासनगर
भरतपुर चितवन