सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Thursday, November 1, 2012

कफिनमा कैद भएको सपना


( सुधीर ख्वबि )

सुन्छुं , आज फेरि एउटा अर्को अबोधसुन्दर मोहक सपना 
लक्षबाट मुक्त, कफिनमा कैद भएर आफ्नै माटो फर्कियो  |
((जिन्दगि परदेशको माटोमा, मरेपछी घर आँगनबिडम्वना ! ) 

अस्तिसम्म  सकुसल नै थियो रे केहि थान सपना , भन्थे 
कसरि आज चट्यांग भएर आफ्नाहरू माथि बज्रपात भयो  |
(कुनैकुनै सपना यति  क्रूर हुने गर्दछ, सपना हो कि सजाएँ  ?)

किन सपना यति महँगो हुन थाल्यो अचेल एकै छाकको पनि 
ज्यानै पनि नराम्रो संग, चिथोर्दो रहेछ चुपीले जतिकै  |
(सपनाको संसारमा फूल धेरै, बिपनाको संसारमा काँडा धेरै )

यतिबिघ्न क्रूर सजाएँ किन एउटा सपना साँचेकोमा पनि  
नियति यो कस्तो सपनाको बदलामा ज्यानैको बाजी  
( बाँचुन्जेलको अर्थ राख्छ,   मृत्युपछी सपनाको  के अर्थ ? )  

बाँच्ने  जिजीबिषा  कति  थिए  होलान्, पलपल कति मरे होलान्
निरिह  बनि  कति पीडा रोए होलान्,   कालको  सामु  झुके होलान  |
( सुखका  लागि  जति  दुख  खेपे,  सायद  जिन्दगि  त्यति मात्रै रहेछ  )

हजार  रहरको  मलामी  उहिले गैसकेको रहेछ, टुक्रिन्दै  टुक्रिन्दै 
आज हिंड्यो एकलै मृत्यु भोग्दै, सपना  मुट्ठीमा कस्दै कस्दै 
(जिन्दगि    सासको   हुन्छ , फेर्न  सकिएन  लासको  हुन्छ.. ) 

कस्तो दुविधाको हुँदो रहेछ यो  जिन्दगि सपना दुवै परिपूरक 
दुवैको बिचमा समयले कोर्ने गर्दछ एउटा विभाजनको अदृश्य धर्सा 
(सपनाको मृत्युमा जिन्दगि, जिन्दगि  नै रहनु पर्ने हो... रहँदैन तर )  

सुन्छुं , आज फेरि एउटा अर्को अबोधसुन्दर मोहक सपना 
लक्षबाट मुक्त तर कफिनमा कैद भएर आफ्नै माटो फर्कियो  |
(सोचें , जिन्दगि ठूलो कि सपना ! खोजें, सपना बिना जिन्दगिको अर्थ ?) 

(धेरै जिन्दगीको समीकरण सायद यस्तो हुँदो हो )
जिन्दगि : एकछाक खाना + सपना 
जिन्दगि : एकसरो लुगा + सपना 
जिन्दगि : एउटा छानो + सपना 
जिन्दगि : एउटा लक्ष + सपना 
जिन्दगि : अनेक सपना + जिन्दगि  
जिन्दगि : अनवरत यात्रा +अवसान ?
( त्यसपछि ..... मात्र निस्चिन्तता...!)

No comments:

Post a Comment