सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Monday, October 8, 2012

रामकृष्ण पौडेल"अनयास" VS सरस्वति न्यौपाने



सवाल जवाल (1)
रामकृष्ण पौडेल"अनयास"

तड्पाएर मनलाई दुई किनारामै छाड्दै ठुले
मुग्लान पस्यौ हामि दुईको चोखो प्रेम मार्दै ठुले ।

न गतिलो बास अनि छाक टार्ने गास छैन
भोक भोकै आदिपेटमा बसे दुःख काट्दै ठुले ।

कहिले आउछौ साहुको ऋण तिर्न पाए हुन्थ्यो भन्दै
भारि बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले ।

चुहिने घरको छानो अनि एकहात बस्त्र जोर्न आखिर
बस्नु पर्यो दुःख सहि कर्म सँग हार्दै ठुले ।

अईचो पैचो मेला पर्म गर्दै जिवन काटौला नि
फर्क स्वदेश बाँचौला भो , दुःख सुख टार्दै ठुले ।

जवाफ

मुटु भित्र माया साँचि मुग्लान पस्नु पर्यो कान्छि
स्वदेशमा रोजगार छैन यतै बस्नु पर्यो कान्छि ।

गरिबिको पेटमा लात मार्ने धेरै हुन्छन यहाँ
त्यसैले त गास खोज्न कम्मर कस्नु पर्यो कान्छि ।

जाएजेथा सबै साहुको तिम्रो आदिपेट संझि
तिर्न सबै नपुगेसि यतै फस्नु पर्यो कान्छि ।

जे लेख्या छ बिधाताले त्यहि हुन्छ भन्दा आखिर
खोस्यो भाग्य र त आज तलै खस्नु पर्यै कान्छि ।

कति खुट्टा मोल्नु र खै तिम्रो काख छाडि यहाँ
आफ्नै देशमा आर्जन हुने केहि रच्नु पर्यो कान्छि ।
--------------------------------------------------------------------------------
गजल
सवाल जवाफ (2)

रामकृष्ण पौडेल अनयास

संप्तरंगी टिका माला अर्को साललाई राख बैनी ।
आउँदो भाइटिकामा मलाई, अलि छिट्टै डाक बैनी

सबको निधार भाइटिकाले सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु बढोस्, भन्दै देवी भाक बैनी ।

नजाऊँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउँदा तिहार खाउँला मिठो छाक बैनी ।

जसो तसो पालो पैँचो, गरी सास त राखेकै थे
ओत बस्ने घर मात्र चाहिँदो रैछ गाँस बैनी ।

पीर नगर अर्को पटक कसो भेट नहोला र
छिट्टै आउछु के बस्थेँ र बिदेशीको दास बैनी । 

जवाफ
सरस्वति न्यौपाने

सयपत्रि र मखमलि फुल उन्छु दाजु भाईटिकामा
सधै जस्तै यसपालि नि रुन्छु दाजु भाईटिकामा ।

सब ले टिका माला लाउदा संझन्छु म तिमिलाई नै
हर्के दाईनि आउँदै छन् रे सुन्छु दाजु भाईटिकामा ।

मिठो पिठो जे छ घरमा रमाएर खाउँला बरु
धन सम्पत्ति हैन माया चुन्छु दाजु भाईटिकामा ।

दुःख सुख मेलापात गाउँमै गासबास जोडौला नि
फर्क स्वदेश यहाँ एक्लै हुन्छु दाजु भाईटिकामा ।

बिदेशिको दास बनि नबस भो छिट्टै आउ
सँगै बस्ने रहर सपना बुन्छु दाजु भाईटिकामा । 
--------------------------------------------------------------------------------
 सवाल जवाफ (3) 
सवाल
सरस्वति न्यौपाने

सानै छुनि बाबा अहिले बे को उमेर भाको छैन
बिश्वास गर्नुस छोरिमाथि ईज्जत फालि गाको छैन ।

जुन संकारमा हुर्काउनु भो त्यहि संकारमा रमाउदै छु
सरलतालाई त्यागि आज डिस्को तिर धाको छैन ।

दुनियाको कुरा सुनि नलगाउनुस् झुटो आरोप
मायाप्रेम छैन कतै बाचाकसम खाको छैन ।

तिम्रो घरमा जग्या बनाई आँगनपोलि जान्छु बाबा
आजसम्म मनले खाको योग्य बर पाको छैन ।

पढ्छु बाबा अझै केही साल धनसम्पत्ति मागेछैन
साधाजिवन उच्चलाग्छ आडब्बरी चाको छैन ।

जवाफ
रामकृष्ण पौडेल अनयास

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी ।

रितिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी ।

तिम्रो बारे नानाथरि हजारकुरा गर्छन अचेल
सुन्दा मर्नु बाँच्नु भए सबले आज हेप्दा छोरी ।

गाउँका सारा जुटाएर कन्यादान त गर्ने सोच हो
मनले आँट्य़ा पुगेन खै ब्यवाहारले चेप्दा छोरी ।

बुद्ध बन सिता बन ज्ञानको ज्योति छर्नु पर्छ
ठुलो मान्छ यहि समाजले धेरै पढ्दा लेख्दा छोरी ।
--------------------------------------------------------------------------------


रामकृष्ण पौडेल

हामि दुईको बिचमा सरु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो ।

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो ।

--------------------------------------------------------------------------------
  

सवाल जवाफ (5)

सरस्वति न्यौपाने
सवाल
तिमि र म सँगै बसि पढ्दा कुरा काट्छ समाज
पँधेरीमा सँगै पानि भर्दा कुरा काट्छ समाज ।

पवित्र यो संम्बन्धमा गिद्धे नजर लाउन खोजि
क्यम्पस जादा एउटै साईकल चढ्दा कुरा काट्छ समाज ।

रगतको नाता होईन मनको नाता गाढा हाम्रो
सँगै बसि कुरा कानि,गर्दा कुरा काट्छ समाज ।

तिमि सँगै मेलापात जादा अनि वनपाखा
घाँस दाउरा गर्दै भन्ज्याङ, झर्दा कुरा काट्छ समाज ।

पुग्नु पर्ने खोलापारी आको रै छ ठुलै बाढि
हात समाई सँगै खोला तर्दा कुरा काट्छ समाज ।

जवाफ
रामकृष्ण पौडेल

तिम्रो मेरो संम्बन्धमा,कुरा काट्छन काट्न देउ
चोखो प्रेम मार्न समाज,जे आँट्नेहुन आँट्न देउ ।

दैव लागोस् गाउँले लागुन जिन्दगिभर छुट्टिदैनौ
वरपिपलको हाम्रो जोडी नास्ने भए नास्न देउ ।

मुटु धड्कन हाम्रो एउटै रगतको कुरै छाड
यति हुदा आरोप लाउन आँट्छन भने आँट्न देउ ।

लेकवेशि बनपाखा मेलापातमा लाउदा माया
अपराधि हुन भन्दै फोटो, टाँसे देखुन टाँस्न देउ ।

बाँच्दा सँगै मर्दा हामि एकै साथ मर्नु पर्छ
भन्दै खोला तर्दा आखिर के ढाँट्ने हुन ढाँट्न देउ ।

सवाल जवाफ (6)

रामकृष्ण पौडेल अनयास
सवाल

म एक्लै कराए भने सोध्न नभुल सरु
अकस्मात हराए भने खोज्न नभुल सानु ।

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सरु  ।

सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले
तिमि मन पराए भने सोच्न नभुल सरु  ।

हर सारा धड्कन तिमि हौ भन्छु सबै माझ
गल्ति मैले गराए भने दोस्न नभूल सरु  ।

बेहोसीमै अचेल सवलाई तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए भने घोच्न नभुल सरु  ।


जवाफ
सरस्वति न्यौपाने

तिमि एक्लै कराउदा डराउछु अनयास
बिहोसिमै हराउदा कराउछु म अनयास

यौवनले हैन तिम्रो यो मन लाई सोधि हेर
आज भोलि तिमिलाई मनपराउछु म अनयास ।

तिम्ले जस्तै मैलेपनि देख्छु अचेल सपनिमा
निन्द्राबाटै झस्किएर बर्बराउछु म अनयास ।

मत तिम्रो धड्कन भए तिमी मेरो मुटु नै हो
गल्ति होईन सही बाटोमा डोराउँछु म अनयास ।

प्रेम मा पागल बनि बेहोसि मै नहिड्नु है
दिवा सपना देख्नु हुन्ऩ बुझाउछु म अनयास ।


सवाल जवाफ (7)

रामकृष्ण पौडेल अनयास
सवाल

भाग्यमानी रैछौ सरु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे ।

डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे ।

वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे ।

मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे

जवाफ
सरस्वति न्यौपाने

गर्दिनथे मैले बिहे बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज, आफै भित्र मरे कान्छा ।

भगाएर लैजाउ भन्दा आँट गर्न सकेनौ खै
पराईको सिँदुर लगाई अन्तै बिहे गरे कान्छा ।

घुम्टो बाट चिहाई हेरे देख्छु कि त तिम्लाई भनि
अन्तिम चोटी भेट्छु भन्दै डोली बाटै झरे कान्छा ।

तिम्रो माया मेरो संसार दैव लाग्यो हामि माथि
महल भित्र खुशि छैन चिहानमै सरे कान्छा ।

खुशि अनि सपना सँगै म पनि त जल्दा आखिर
आफ्नै अस्तु आज आफै सिँदुर बनाई भरे कान्छ ।

 
सवाल जवाफ (8)
 सवाल
रामकृष्ण पौडेल "अनयास"

हामि दुईको बिचमा सरु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो ।

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति र जात दाँज्नु आखिर तिम्रो घात थियो ।

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो ।

जबाफ
-सरस्वति न्यौपाने "सरु"

दुनियाले बनाएको जातमा खसे आँसु मेरा !
बीच बाटोमै छाडी दिने बातमा खसे आँसु मेरा !!

जात भन्दा माया ठुलो भन्थे सधैं आट गर्नु !
दोष लगाई लत्याई दियौ लातमा खसे आँसु मेरा !!

महलमा हैन मैले तिम्रै मनमा वास मागें !
कोमल मन हैन रैछ पातमा खसे आँसु मेरा !!

दुनियाले जे भने नि माया गरें तिमीलाई नै !
तिम्रै यादमा अन्धकार रातमा खसे आँसु मेरा !!

कायरताको बिष पियौ, समाज संग हार्यौ अनि!
रुदारुदै पुछ्दै थिए हातमा खसे आँसु मेरा !!


No comments:

Post a Comment