सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Tuesday, August 28, 2012

-सवाल मिथिला प्याकुरेल -जवाफ रामकृष्ण पौडेल अनयास

सवाल
मिथिला प्याकुरेल

स्वदेशमै बस प्यारा गुन्द्रुक ढिडो खाउँलाबरू
झुत्रो झाम्रो त्यही सहि रमाउदै आउँलाबरू

नहोस सुख सयल भो, नहुन देउ घर छाउने खर
तिम्रो मेरो प्रीतिले घरको छानो छाउँलाबरू

मेला पर्म गरौंला हुर्किहाल्छन लाला बाला
साथ बसी हासी खुसी रोदी सेलो गाउँलाबरू

तड्पाएर मनलाई दुईडाँडा मै बस्नु भन्दा
खुशी होस् मन केवल तनकै दुःख पाउँलाबरू

अभाबैम पिल्सएर सकिएन बाँच्न भने
एकै साथ तिमीसँगै मै नि मरिजाउँलाबरू

अन्त खुट्टा मोल्नुभन्दा अैंचो-पैंचो गाउँमै गरौ
सकिएन तिर्न भने अर्को जुनी आउँलाबरू 



जवाफ
रामकृष्ण पौडेल अनयास

अशान्ति मनमा प्यारी गास हाले नि बास छैन
अनिकालमा यही बसेर रमाउने आश छैन

एकै छाक खाएर नै यही मायामा बाँचेका छौं
ओत बस्ने घर नभएनि वच्चा पाल्ने गास छैन

तिम्लाई छाडी मलाई टाढा जानकहाँ मन थियो
माया सांचि बस कान्छि, यहाँ सुखको सास छैन

मन बाध पीर नगर विछोडमा पोल्छ मुटु
अँगालोमा सधै जिउला यी दुःखमा मास छैन

तिम्रो यही चाहना भने छोडि जान्न अब
माया गर्ने त्योमन पाउदा दुः खको योरास छैन

आफ्नै ठाउमा कर्म गर्छु अन्त खुटा मोल्दिन भो
भोलिको त्यो विहानीमा आउछ खुशी उदास छैन  

रामकृष्ण पौडेल अनयास


2)
सवाल (रामकृष्ण पौडेलअनयाँस)

मातृभूमि छाडी किन नजर बिदेश लाउँछौ दाजु
आमा-बाको माया त्यागी व्यर्थै दुःख पाउँछौ दाजु

यै माटोमा सुन फल्छ किन मोल्छौ तिनका पाउ
आफनै घर उजाडेर कसका छाना छाउँछौ दाजु

गाउँ खेत शुन्यै भाछन् पाखो वारी बाझै रह्यो
रोदी सेलो विर्सिएर कस्ता गीत गाउँछौ दाजु

मखमली सयपत्री वर्षैभरि रुन्छन अचेल
छैनन् गाउँमा मलामी नि कसका घर धाउँछौ दाजु

पुर्खाले लडे डटे जे गर्नु यही माटोमा गरे
ईज्जत फाल्दै पुर्खाको किन मुख बहाउँछौ दाजु  

जवाफ (रामकृष्ण पौडेलअनयाँस)

खुकुरीको धारमा आज जीवन जिउन पर्यो बैनी
अभावैम जिउनुभन्दा यो मन बिदेश सर्यो बैनी
दश नङग्रा खियाएर भिज्छ पसिनाले खेत
जहान पाल्छु भन्दा मेरै भोकले आत्मा मर्यो बैनी

साइँला-माइला मुग्लान पसे हर्के ठुले गीतार बोके
यानी-माया गीत विर्सी त्यै रिमिक्समा सर्यो बैनी

पोहोर साल दाजु खसे कैले राता चुरा फुटे
सिरमा लाउने सयपतीरि चित्तालेनै हर्यो बैनी

अन्न भन्दा जन्म वडी गासकै खोजी गर्न लागे
देशकै गौरब इज्जत राखी अब कर्म गर्यो बैनी

3)

सवाल : मिथिला प्याकुरेल
मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी
मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी

मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ
सँगै मिलि सारेको पिपल त्यतिनै बेला भाँच्नु तिमी

मेरो लासमा चढ्ने फुलझै तिम्रो जीवन फुलिराखोस्
मेरो संसार उजाड्यौ आखिर अर्काको लागि साँच्नु तिमी

मेरो त्याग प्रश्न चिन्ह भै दोसाँधमा उभियो भने
मेरो अस्तु तिम्रो उनीको सिन्दुर जोखेर जाँच्नु तिमी

अन्तिम ईच्छा मेरो हे प्रभु मरेर पनि उनीलाई स्पर्श गर्न
मेरो स्पर्श उनको अंगालो सक्यौँ भने दाँज्नु तिमी

जवाफ :
रामकृष्ण पौडेल अनयास
तिमी मरेर ज्यूनुमा कस्को लागि बाँच्नु अब
मेरो पनि शंख बज्यो सँगै चिता गाँस्नु अब

पनि सँगै छु नि तिम्लाई पोल्दा मलाई दुख्छ
केको लागि चाहियो पीपल आफैले नै मास्नु अब

कस्लाई लिएर जान्छ्यौ , बाँच्दा तिमीसँगै बाँचे
साँच्नु छैन बाल चिता आनन्दले हाँस्नु अब

जलेको अन्तिमसम्म, बस त्यस्तो लाग्छ भने
उठाएर मेरो अस्तु आफ्नै सिन्दुरसँग दाज्नु अब

विश्वासनै रै बाधा ईच्छा एउटै भएपछि
अर्को जन्म सँगै बाँचौ सिँउदो खाली राख्नु अब


4)

सवाल
- मिथिला प्याकुरेल

आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो
तौलन्छु तँलाई भन्यो धनले कर गर्यो

महिनाभरि कति कमाइस् बेची तैंले आफूलाई
मेरो मूल्य मलाई बता' तनले कर गर्यो

एकएक पैसासँग तेरो मोलतोल हुन्छ
तेरो रेट सोध्दै पाखा बनले कर गर्यो

आफैंलाई झुक्याउदै तैले आफैंसँग कति ढाँटिस्
औला ठड्याई मैमाथि सारा जनले कर गर्यो

पसिनासँगै रगत साटिस् नाम-दाम कति कमाईस्
अस्तित्व कति बाचइस् आफ्नै खुनले कर गर्यो
जवाफ
- रामकृष्ण पौडेल अनयास

सायद बाटो भुल्यो क्यारे मनले प्रश्न उठाएछ
चुनौतीका शव्दसँगै धनले प्रश्न उठाएछ

के के विनिमय गर्यौ मासिक आय कस्तो भयो
मेरो मुल्य बता' भन्दै तनले प्रश्न उठाएछ

यस्तो लाग्यो अस्मितानै बेचिछ्यौ कि तिम्ले आज
त्यसैले रेट सोध्यौ बनले प्रश्न उठाएछ

सामाजिक मान्यतालाई नाघ्दै हिंड्या थियौ अरे
नपचेर स्वाभिमानी जनले प्रश्न उठाएछ

दुनियाँले जे जे सोचुन बाध्यता नै होयो भन्छु
विडम्वना तिम्लाई आफनै खुनले प्रश्न उठाएछ

पराईको सिदुंरले












पराईको सिदुंरले सिउँदो सजाई जाँदा तिमि
कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमि


मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर
खुशि हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमि

कसम खान्थ्यौ नछुट्टिने सँगै मिलि सार्दा पिपल
रुदै बसेँ एक्लै आज वाचा ढलाई जाँदा तिमि

तिम्रो शिरको सौभाग्य मेरो अस्तु दाँज्न लाई
सँगै लैजाउ नौमतिमा बाँजा बजाई जाँदा तिमि

तिजको विलउना










पोहर साल आएन भाइ अहिले लिन पठाउ आमा
घरमै बसी तिजको दिन कसो गरी कटाउँ आमा

रातो साडी रातो पोते साईली माईली आँगनीमा
तेरा माईती खोई भन्दा के भनेर बताउँ आमा

तिम्रो उमेर भरे-भोलि दाजुभाइ बिदेशतिर
मन बुझाउने ठाउँ पाईन के गरेर खटाउँ आमा

दिदी बैनी घरका सबै जम्मा हुँदै खाँदा आखिर
अँगेनाको छेउमा राखी भन्थे घिउ तताउ आमा

छेक्छु भन्दा छेकिदैन












मृर्यू दैव समय लाई छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन

नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ
त्यसैले आज स्वर्ग देख्छु भन्दा देखिदैन


जे लेख्या बिधाताले त्यहि हुन्छ निधारमा
राम्रो लेखि नराम्रो लाई मेट्छु भन्दा मेटिदैन

मरेपछि चिता मा लास बगरमा जलाउदा
आफ्नै अस्तु अन्तिम चोटी भेट्छु भन्दा भेटिदैन