सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Tuesday, August 28, 2012

पराईको सिदुंरले












पराईको सिदुंरले सिउँदो सजाई जाँदा तिमि
कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमि ।


मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर
खुशि हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमि ।

कसम खान्थ्यौ नछुट्टिने सँगै मिलि सार्दा पिपल
रुदै बसेँ एक्लै आज वाचा ढलाई जाँदा तिमि ।

तिम्रो शिरको सौभाग्य र मेरो अस्तु दाँज्न लाई
सँगै लैजाउ नौमतिमा बाँजा बजाई जाँदा तिमि ।

No comments:

Post a Comment