सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Thursday, December 13, 2012

भयो जिन्दगी..


शान्ति अधिकारी
बाँके २..

पोखिएको तेल सरी भयो जिन्दगी ,
खहरेको भेल सरी भयो जिन्दगी ।

अघि पछि मान्छेहरु देख्छु उभिएको ,
अपराधिको जेल सरी भयो जिन्दगी ।

जुटे जस्तो देखिएनी हुन्न जोडिएको ,
आकाश धर्ति मेल सरी भयो जिन्दगी ।

धन भएनि मन भित्र शान्ति नभएसी ,
पास हैन फेल सरी भयो जिन्दगी ।

आफ्नै कारण सबै सामु आफै लुटिदा ,
आत्मघाति खेल सरी भयो जिन्दगी ।

No comments:

Post a Comment