सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Thursday, November 8, 2012

झिलिमिली बत्तीले..

Ram Sharan Shrestha
झिलिमिली बत्तीले उत्सब, ल्याओस तिहारमा
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईटिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
यसपालि सबले टिका, लाउन पाओस तिहारमा ।।

No comments:

Post a Comment