कविता - ''छापामार''
रामकृष्ण पौडेल 'अनायास
बर्षौ पछि फर्कदैछु उहि गाउँजुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरु
बिचरा ! हर्के र मनमायाको अझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यहि दिन उनिहरुको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो /
पिंडिमा वसेकी सुन्तली भाउजु अझै
आफ्नो पतिको बाटो हेरिरहेकी छन्
सोध्दै थिइन बरा ! मलाई
''कतै देख्नु भयो कि बाबु दाई लाई ?''
मैले थोरै सान्वना दिए
'दाई मुग्लान पसेको हुनु पर्छ फर्केलान एक दिन' /
सुस्ताउदै निस्कन्छु त्यहाँ बाट
मेरी आमा पनि मेरो पर्खाईमा होलिन
कुकुर मलाई देख्दा पक्कै भुक्छ होला
सुघ्छ होला अनि बल्ल छाड्दो हो मलाई /
साँझ पर्दैछ घाम पारि डाँडाको फेदी तर्फ दौडेको देख्छु
त्यो जति दौडन्छ म उतिनै दौडिएको छु
घाम बास बस्दा म पनि पक्कै बास बस्न पुग्छु होला /
बिचमा बाल्यकालको याद दिलाउछ मलाई
यो स्कूल आई पुग्दा
स्कूलका ढोकाहरु झन् जिर्ण छन्
म छिरेर भाग्ने गरेको झ्याल नै भत्किएको छ
जस्ता सबै प्वाल परेको र
खियाले रंगिएको छ
पक्कै वन्द हुनु पर्छ यो स्कूल
त्यहि दिनको भिडन्त बाट /
मास्टर बा को आँखी भौं पनि
फुलि सकेको रहेछ
मोटो चस्मा लगाउदै एकनासले हेरिरहे
मैले नमस्कार गरे
फर्काउने उनको हात काटिएको रहेछ
पक्कै युद्ध कालमा हुनुपर्छ
मास्टर बा ले मलाई राम्रो संग चिनेकाछन्
किनकि उनकै काख बाटै म
खोसिएको थिए छापामार बाट
आँसु पिलपिल पार्दै सोधे मास्टर बा ले
''पक्कै अयोग्य घोषित भयौ बाबु ?''
(कविडाँडा भरतपुर -१३,)