सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Tuesday, September 4, 2012

आँसु र हाँसो

(१)
आँसु र हाँसो
मिलन र बिछोड
गडेको प्रेम


(२)
अनयासको
पानामा तिम्रौ बयान
सधै भरिनै


(३)
जिउदो मन
जलाउदा घाटमा
तिम्रो प्रतिक्षामा

आँसुको संसारमा


आँसुको संसारमा डुबेपनि खुशि र हाँसो दिन्छु
सुन्दर संसार चलाउने प्रेमको नासो दिन्छु
मेरो सारा घरवार अनि सिङ्गो संसार बेचि आखिर
आकाश धर्ति मेरो मुटु ताला अनि चाँबि दिन्छु ।

तिर्खाको पानी


तिर्खाको पानी  बनिदेउ तिमी
कसैको आँत भरिन्छ भने
जोवनिको भोक मेटाईदेउ तिमी
भरिएको बैँश छरिन्छ भने ।

कसम तोड्यौ किन

सँगै ज्युने आशा अनि वाचा कसम तोड्यौ किन
मलाई वारी पर्खाएर पारी बाटो मोड्यौ किन
झुटो संसार बनाउदै तारा आखिर चम्काएर
मृगतृष्णा रै छ माया मझधारमा छोड्यौ किन ।